२०८३, जेठ २८ गते

बिहिवार, जेठ २८ गते २०८३

नेपाल आर्थिक संघले भेट्यो अर्थमन्त्री, अर्थतन्त्रका बारेमा छलफल

शुक्रवार , मंसिर ७, २०८१

काठमाडौँ । नेपालको विद्यमान आर्थिक अवस्थाबारे लेखाजोखा गर्ने तथा आगामी दिनमा देशको अर्थतन्त्रको लागि दिगो रुपमा सञ्चालन गर्न विभिन्न उपायहरूको खोजि गर्ने सम्बन्धमा अर्थमन्त्रीसँग छलफल भएको छ ।

नेपाल आर्थिक संघ र अर्थ मन्त्रीबीच बिहीबार भेटवार्ता भएको हो । भेटमा संघले धेरै वर्ष देखि अर्थतन्त्रसँग सम्बन्धित विषयमा सहकार्य गर्दै आएको र आगामी दिनमा पनि अर्थतन्त्र लाई सही दिशामा अघि बढाउन तयार रहेको कुरा अध्यक्ष प्रा डा विश्वम्भर प्याकु यालले बताएका थिए ।

नेपाल आर्थिक संघले समय समयमा अर्थतन्त्रसँगै विभिन्न विषयमा सरकारलाई सुझाव दिनुका साथै झस्काउँदै आएको छ । समसामयिक आर्थिक मुद्दाहरुमा बुद्धिजिबी, नीजी छेत्र र सरकारको धारणा र राज्यले खेल्नु पर्ने भूमिकाका बारेमा जानकारी दिन अर्थ मन्त्रालयसँग कार्यक्रम अगाडि बढाउन सकिने प्रस्ताव संघले अर्थमन्त्रीसँग भेटमा गरेको छ ।

अर्थमन्त्री विष्णु पौडेलले नेपाल आर्थिक संघ अर्थशास्त्रीहरूको छाता संगठन र अर्थतन्त्र सँग सम्बन्धित विषयमा सहकार्य गरिरहेको महत्वपूर्ण संस्था भएकाले सहकार्य गर्न असजिलो नहुने बताएका थिए ।

बैठकमा आर्थिक संघका उपाध्यक्ष प्रा डा गोविन्द नेपाल, महासचिव डा गोपाल प्रसाद तिवारी, सचिव डा खोम खरेल, कार्यसमिति सदस्य अर्थविद केशव आचार्य, कार्यसमिति सदस्य प्रा डा केशव राज खड्का, कार्यसमिति सदस्य डा यादव मनी घिमिरे लगायत अन्य अर्थशास्त्रीहरूको उपस्थिति रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट