२०८३, जेठ २८ गते

बिहिवार, जेठ २८ गते २०८३

नेपालले पाएको ‘डबल बी माइनस’ स्कोरले विदेशी लगानीकर्ताको विश्वास बढाएको सरकारको निश्कर्ष

शुक्रवार , मंसिर ७, २०८१

काठमाडौं । सार्वभौम शाख (क्रेडिट रेटिङ्ग) मा प्राप्त नतिजाले नेपालमा लगानीको लागि सहज वातावरण भएको सन्देश दिँदै विदेशी लगानीकर्ताको विश्वास बढाएको ठहर सरकारले गरेको छ ।

अर्थ मन्त्रालले शुक्रबार बिहान पत्रकार सम्मेलनको आयोजना गरी फिच रेटिङ लिमिटेडले निर्धारण गरेको डबल बी माइनस स्कोर गरेको नयाँ शाखले स्वदेशी तथा विदेशी लगानी अभिवृद्धि हुन गई आगामी दिनमा नेपालको पुर्वाधार, पर्यटन, कृषि, सेवा लगायतका क्षेत्रका ठूला आयोजनाहरुमा लगानी आउने अपेक्षा गरेको छ ।

नेपालको सार्वभौम शाखले नेपालको अर्थतन्त्रलाई अन्तर्राष्ट्रिय समुदायसम्म प्रस्तुत गरेको छ । नेपालले प्राप्त गरेको रेटिङ्ग सन्तोषजनक हुनुका साथै यसले सरकार, निजी क्षेत्र र सम्पुर्ण लगानीकर्ताहरुको लागि उत्साह सिर्जना गरेको ठहर अर्थले गरेको छ ।

प्राप्त रेटिङ्गले नेपालको अर्थतन्त्रको संरचना, सार्वजनिक वित्त परिचालन र समष्टिगत आर्थिक तथा वित्तीय अवस्था लगानीमैत्री र उन्नत रहेको संकेत गरेको मन्त्रालयले जनाएको छ । क्रेडिट रेटिङ्गको नतिजाले नेपालको साख क्षमता उच्च रहेको, वित्तीय तथा आर्थिक क्षमता सवल रहेको र अन्तर्राष्ट्रिय वित्त बजारबाट न्यून ब्याजदरमा ऋण प्राप्त गर्न सक्ने अवस्था सिर्जना गरेको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

‘सार्वभौम शाखले निजी क्षेत्रको विश्वास अभिवृद्धि र वैदेशिक लगानी आकर्षित गर्न सहयोग पुग्ने देखिन्छ’ विज्ञप्तिमा भनिएको छ ।

‘सार्वभौम शाखले अर्थतन्त्रको संरचनगत, समष्टिगत आर्थिक उपलव्धी, सार्वजनिक वित्त र वाह्य क्षेत्रका आर्थिक परिसुचकको विस्तृत रुपमा लेखाजोखा गर्छ । स्वतन्त्र रुपमा मूल्यांकन गरी प्राप्त स्कोरलाई न्यूनतम डीदेखि अधिकतम त्रिपल ए सम्म रेटिङ्ग प्रदान गर्छ । त्रिपल एले मुलुकको उच्च क्रेडिट गुणस्तर रहेको देखाउँदछ भने डी ले मुलुकको डिफल्टको अवस्थालाई इंगित छ’ विज्ञप्तिमा उल्लेख गरिएको छ ।

फिचले नेपालको आर्थिक संरचना, सार्वजनिक वित्तको अवस्था, आन्तरिक तथा वैदेशिक ऋणको अवस्था, मौद्रिक तथा वित्तीय क्षेत्रका सूचकहरुको अवस्था, वाह्य क्षेत्रका आर्थिक परिसुचकहरु, १६ औं योजनाले परिलक्षित गरेका आर्थिक वृद्धिको मध्यकालिन तथा दीर्घकालिन खाका लगायतका विवरण र तथ्यांकको विश्लेषण गरेको थियो ।

यसका साथै गुणात्मक मूल्यांकनको चरण अन्तर्गत फिचको विज्ञ समूहले नेपालको स्थलगत भ्रमण गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोग, नेपाल राष्ट्र बैंक लगायतका सरकारी निकायका उच्च पदाधिकारहरुसँग परामर्श र छलफल गरेको थियो ।

निजी क्षेत्र र नेपाल स्थित द्विपक्षिय तथा वहुपक्षिय विकास साझेदार निकायका अधिकारीहरुसँग समेत परामर्श गरेको थियो । नेपालले प्रस्तुत गरेको पुर्वाधार विकासको मध्यकालिन र दीर्घकालिन योजनाको कार्यान्वयनको मुल्यांकन गर्न नमुनाको रुपमा नागढुंगा सुरुङ्ग मार्गको अवलोकनसमेत गरेको थियो ।

सार्वभौम शाखलाई विश्वका लगानीकर्ता तथा वित्तीय सेवा प्रदान गर्ने निकायले कुनै पनि मुलुकको लगानीको वातावरण मुल्यांकनको आधारको रुपमा लिने गर्दछन् । यसले मुलकको अर्थतन्त्रको संरचना र अवस्थालाई स्वतन्त्र विज्ञको आँखावाट मूल्यांकन गरी यथार्थ अवस्थालाई विश्वभरका लगानीकर्ता समक्ष पुर्याउने गर्दछ ।

नेपाल सन् २०२६ मा अल्पविकसित राष्ट्रबाट स्तरोन्नति भई नविनतम एवं वैकल्पिक वित्तका स्रोत परिचान गर्नु पर्ने अवस्थाको पूर्व तयारीको रुपमा समेत सार्वभौम शाखलाई लिन सक्ने अर्थले जनाएको छ ।

यो पनि : 

नेपालको रेटिङ सार्वजनिक : फिचले दियो डबल बी माइनस, आर्थिक परिदृष्य स्थिर

‘रेटिङले नेपालको अवस्था सोचेको भन्दा राम्रो देखायो, दक्षिण एसियामा दोस्रो’

 

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट