२०८३, जेठ २८ गते

बिहिवार, जेठ २८ गते २०८३

धेरै कर बुझाउने कैलाश हेलिकोप्टरलाई कर कार्यालयको सम्मान

शुक्रवार , मंसिर ७, २०८१

काठमाडौं । बढी कर बुझाउने निजी क्षेत्रको कैलाश हेलिकोप्टर सर्भिसेज लिमिटेडलाई सम्मान गरिएको छ ।

राष्ट्रिय कर दिवस २०८१ को अवसरमा आन्तरिक राजस्व कार्यालय, बत्तीसपुतलीले कार्यालयको क्षेत्राधिकारका करदाता मध्येबाट आर्थिक वर्ष २०७९/८० मा सबैभन्दा बढी आयकर दाखिला गरेपछि कैलाश हेलिकोप्टरलाई सम्मान गरेको हो ।

कार्यालयका प्रमुख कर अधिकृत युवराज श्रेष्ठले कैलाश हेलिकोप्टरका प्रबन्ध निर्देशक प्रतापजङ्ग पाण्डेलाई सम्मानपत्रका साथै दोसल्ला ओढाई सम्मान गरेका थिए । यसअघि ९ औं राष्ट्रिय कर दिवस २०७७ मा पनि सबैभन्दा बढी आयकर दाखिला गरेकोमा सरकारले कैलाश हेलिकोप्टरलाई सम्मानित गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट