logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • राष्ट्रिय स्तरमा छलफल नगरी बिआरआई सम्झौतामा हस्ताक्षर गर्नु हुँदैन : विमलेन्द्र निधी

    राष्ट्रिय स्तरमा छलफल नगरी बिआरआई सम्झौतामा हस्ताक्षर गर्नु हुँदैन : विमलेन्द्र निधी

    147
    Shares
    राष्ट्रिय स्तरमा छलफल नगरी बिआरआई सम्झौतामा हस्ताक्षर गर्नु हुँदैन : विमलेन्द्र निधी

    काठमाडौं । नेपाल कांग्रेसका नेता एवं सांसद विमलेन्द्र निधीले राष्ट्रिय स्तरमा छलफल नगरी बिआरआई सम्झौतामा हस्ताक्षर गर्न नहुने बताएका छन् ।

    शुक्रबार जनकपुरमा सञ्चारकर्मीहरुसँगको कुराकानीका क्रममा नेता निधीले हतारमा सम्झौता गरेर पछुताउनु भन्दा विस्तृत रुपमा छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्ने बताएका हुन् ।

    उनले ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ बिआरआई चिनियाँ नीति रहेको र नेपालले आसन्न प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणमा के गर्छ भन्ने विषय चासोका साथ हेरिएको उल्लेख गरे । उनले नेपाली कांग्रेसले चीनबाट बिआरआई प्रोजेक्टअन्तर्गत लिने कुनैपनि विकासका कुराहरुमा अनुदान मात्रै लिने नीति अंगालेको बताए । बिआरआईअन्तर्गत ऋण लिन आफूहरुले नचाहेको बताए ।

    उनले बिआरआई प्रोजेक्टमा व्यापक, विस्तृत रुपमा राष्ट्रियस्तरमा छलफल हुनु जरुरी रहेको उल्लेख गरे ।

    उनले भने, ‘बिआरआई चिनियाँ पोलिसी हो । त्योअन्तर्गत हाम्रो स्ट्याण्ड चर्चाको विषय छ । प्रधानमन्त्री ओलीको भ्रमणको विषयमा केके कुरा सही गर्ने ? केके कुरा सम्झौताहरु गर्ने भन्ने विषयमा । नेपाली कांग्रेसको शुरुदेखि नै आधिकारिक विषय के छ भने चीनबाट हामीले बिआरआई प्रोजेक्टअन्तर्गत लिने कुनैपनि विकासका कुराहरुमा अनुदान मात्रै लिन्छौँ । लोनमा हामी जाँदैनौँ । मुल विषय त्यही हो ।

    हाम्रो तर्फबाट शेरबहादुरजीले र पार्टीले प्रधानमन्त्रीज्युलाई भनिसक्नुभएको छ । चीन जाँदाखेरी अनुदान बाहेक लोनमा सही नगर्ने भनेर । बिआरआई प्रोजेक्टको बारेमा हाम्रो धारणा के हो भने यसको बारेमा व्यापक, विस्तृत छलफल हुनुपर्छ, राष्ट्रियस्तरमा छलफल हुनुपर्छ । त्यतिमात्रै होइन, म त अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति छु । बिआरआई प्रोजेक्ट नेपालको हितमा छ की छैन ? बिआरआई पोलिसीअन्तर्गत केके विषय हो, त्यसको बारेमा व्यापक छलफल हुनुपर्छ ।’

    नेता निधीले बिआरआई प्रोजेक्ट नेपालको हितमा छ वा छैन ? बिआरआई पोलिसीअन्तर्गत केके विषय हो भन्नेबारेमा व्यापक छलफल जरुरी रहेको बताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend