सोमबार, बैशाख २२ २०८२

सोमबार, बैशाख २२ २०८२

अर्थतन्त्रलाई खलबल्याउन कम्बोडियामा लगानीको अफवाह फैलाइयो : प्रधानमन्त्री ओली

अर्थतन्त्रलाई खलबल्याउन कम्बोडियामा लगानीको अफवाह फैलाइयो : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको अर्थतन्त्र र मौद्रिक नीतिलाई खलबल्याउन कम्बोडियाको टेलिकममा आफ्नो लगानी रहेको अफवाह फैलाइएको बताएका छन् ।

शुक्रबार काठमाडौंको दरबारमार्गमा पार्टीले आयोजना गरेको जागरण सभालाई सम्बोधन गर्दै उनी कम्बोडियाको टेलिकममा लगानी गरेको अफवाह फैलाइरहेको उल्लेख गर्दै तथ्यसहित बहस गर्न चुनौती दिएका हुन् ।

उनले अहिलेको सरकार भ्रष्टाचार गर्न र आफ्नाहरु पोस्नका लागि नबनेको भन्दै कसैले हल्लाउन नसक्ने जिकिर गरे । नेपाली जनताले ठूलो संघर्ष र बलिदान गरेर ल्याएको लोकतन्त्रलाई, सार्वभौम जनताको हैसियतलाई समाप्त पार्ने षड्यन्त्र भइरहेको भन्दै चिन्ता व्यक्त गरे । देश र जनताको लागि पहरेदार र सिपाहीका रुपमा नेकपा एमाले रहेको उनको भनाइ छ ।

अलोकतान्त्रिक बाटोबाट अराजकता सिर्जना गरेर समाजलाई भाँड्न खोलिएको प्रधानमन्त्री ओलीले बताए । आफूहरु कमिसनखोरी गर्नका लागि सरकारमा नगएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भ्रष्टाचार गर्न र आफ्ना भर्ती गर्न सरकारमा नगएको स्पष्ट पारे ।

मुलुकको मौद्रिक नीति सहजतातर्फ फर्किरहेको बताउँदै उनले सबै उद्योगीहरुलाई ढुक्क भएर व्यापार व्यवसाय सञ्चलान गर्न आग्रह गरे ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend