२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

आइएमई पेबाट इन-ड्राइभका चालकहरुको लागी नयाँ योजना : पुरै कमिशन फिर्ता पाउने सुनौलो मौका

सोमवार , मंसिर १०, २०८१

काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट "आइएमई पे"ले सर्वप्रिय राइड सेयरिङ एप इन-ड्राइभका चालकहरुको लागि "५ मा १००- इन-ड्राइभको पुरै कमिशन फिर्ता" नामक नयाँ योजना सार्वजनिक गरेको छ। यो योजना विशेष रूपमा इन-ड्राइभ चालकहरू र उनीहरु मार्फतका सेवाग्राहीहरुलाई आइएमई पे एपमा उपलब्ध विभिन्न डिजिटल भुक्तानी सेवाहरूको बारेमा सचेतना जगाउनको लागि सार्वजनिक गरिएको हो ।

मङ्सिर ९ गतेदेखि फागुन ९ गतेसम्म ३ महिनाको लागि चल्ने यस योजनामा आइएमई पे एपबाट इन-ड्राइभ एपमा टप-अप गर्ने चालकहरुले आइएमई पे एपको तोकिएका कारोबार वा भुक्तानीहरु गरेर आफुले इन-ड्राइभलाई तिर्नु पर्ने कमिशन १००% फिर्ता पाउन सक्ने कम्पनीले जनाएको छ।

साथै तोकिएको कारोबार वा भुक्तानीहरु गरे बापत रु. १०० सम्म अधिकतम बोनस पनि जित्ने मौका रहेको छ ।

चालकहरुले योजना अन्तर्गतको कमिसन प्राप्त गर्न निम्न ५ वटा कार्य वा भुक्तानी गर्नु पर्नेछ :

- नयाँ ग्राहकहरुलाई आफ्नो रेफेरल कोड दिएर आइएमई पे एपमा साइन-इन गराउने (रु. ७५ सम्म बोनस)

- यात्राको भुक्तानी QR वा वालेट ट्रान्सफर मार्फत आफ्नै आइएमई पे एपमा लिने (रु. १० बोनस, प्रति दिन)

- डाटा प्याक आफ्नै आइएमई पे एपबाट किन्ने (रु. १० बोनस, प्रति दिन)

- भ्वाइस प्याक आफ्नै आइएमई पे एपबाट किन्ने (रु. १० बोनस, प्रति दिन)

- मोबाईल रिचार्ज आफ्नै आइएमई पे एपबाट गर्ने (रु. १० बोनस, प्रति दिन)

आइएमई पे को बारेमाः

नेपालको पहिलो भुक्तानी सेवा प्रदायक आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित ’आइएमई पे’ मोबाइल वालेट एप अन्तर्गतको विद्युतीय भुक्तानी सेवा प्रदायक हो। नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट विनियमावली- २०७२ बमोजिम ’आइएमई डिजिटल’ दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने पहिलो कम्पनी हो।

आइएमई पे मोबाइल वालेट मार्फत सेवाग्राही आफैले अथवा एजेन्टहरुको मार्फत विभिन्न किसिमको भुक्तानी कार्यहरू गर्न सक्नेछन्। यसले व्यक्ति-व्यक्ति बीचमा हुने सामान्य रकम ट्रान्सफर गर्ने सुविधा देखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरूमा त्तच् स्क्यान गरी भुक्तान गर्ने, मोबाइल रिचार्ज गर्ने र विभिन्न घरायसी तथा कार्यालयका बिलहरू भुक्तान गर्न मिल्ने सेवा समेत प्रदान गर्दै आइरहेको छ।

यस मोबाइल वालेटमा ब्याज तथा विभिन्न क्यासब्याकहरूको पनि सुविधा उपलब्ध छ। आइएमई डिजिटल सोलुसन लिमिटेडले बैंकिङ सुविधाबाट वञ्चित नेपाली तथा न्यून बैंकिङ सुविधा प्राप्त सम्पूर्ण सर्वसाधारण जनतालाई वित्तीय सेवाहरूको पहुँच उपलब्ध गराएर नेपालको वित्तीय समावेशीकरणमा योगदान पुर्याउने लक्ष्य लिएको छ। २० लाखभन्दा बढी ग्राहकहरूलाई सिधै मोबाइल वालेट एप तथा एजेन्टहरू मार्फत आइएमई पेले विद्युतीय भुक्तानी सेवा प्रदान गर्न सफल छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट