२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

ऊखुको समर्थन मूल्य निर्धारण, प्रतिक्विन्टल २० रुपैयाँ बढ्यो

बिहिवार , मंसिर १३, २०८१

काठमाडौं । सरकारले ऊखुको समर्थन मूल्य २० रुपैयाँ वृद्धि गरेको छ । मन्त्रिपरिषदको बिहीबारको बैठकले उद्योगी (ऊखु मिल)ले किसानहरूलाई उपलब्ध गराउने रकममा प्रति क्विन्टल २० रुपैयाँ वृद्धि गरेको हो । जसअनुसार अब किसानले प्रतिक्विन्टल ५ सय ८५ रुपैयाँ ऊखु मिलबाट पाउने भएका छन् ।

सरकारले ऊखु किसानलाई अनुदान वापत दिने रकमको भने निर्णय गर्न बाँकी छ । कृषि तथा पशुपक्षी विकास मन्त्री रामनाथ अधिकारीले ऊखु किसानलाई अनुदान वापत दिने रकम वृद्धि गर्नुपर्ने प्रस्ताव गरेका थिए ।

मुलुकको आर्थिक अवस्थालाई समेत ख्याल गरेर अनुदान वापत दिने रकम पछि निर्धारण गर्ने मन्त्रिपरिषदले निर्णय गरेको हो । सरकारले यसअघि ऊखु किसानलाई प्रतिक्विन्टल ७० रुपैयाँ अनुदान दिएको थियो ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट