logo

२०८१ मंसिर १४ शुक्रबार

logo
  • शुक्रबार, १४ मंसिर २०८१
  • भैरहवा विमानस्थल स्थायी सञ्चालनका लागि प्रदेश सरकारले पहल गर्छ : मुख्यमन्त्री आचार्य

    भैरहवा विमानस्थल स्थायी सञ्चालनका लागि प्रदेश सरकारले पहल गर्छ : मुख्यमन्त्री आचार्य

    84
    Shares
    भैरहवा विमानस्थल स्थायी सञ्चालनका लागि प्रदेश सरकारले पहल गर्छ : मुख्यमन्त्री आचार्य

    लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भैरहवा विमानस्थल स्थायी रुपमा सञ्चालनको लागि प्रदेश सरकारले पहल गर्ने बताएका छन् ।

    बिहीबार लुम्बीनीमा भएको ‘लुम्बीनीमा लगानीः अवसर र चुनौति’ विषय कार्यशाला गोष्टीमा बोल्दै मुख्यमन्त्री आचार्यले विमानस्थल सञ्चालनको लागि केन्द्र सरकारसँग समन्वय गर्ने बताएका हुन् ।

    उनले केही सरकारी कर्मचारीले सरकारको नीति भन्दा बाहिर गएर विमानस्थल सञ्चालन गर्न नसकिने भने पनि सरकार विमानस्थल सञ्चालनमा पछाडी नहट्ने बताए । उनले केन्द्र सरकारले श्रमिकको स्वास्थ्य परीक्षण,भिषा र श्रम स्वीकृत लुम्बीनीबाट गर्ने वातावरण तत्काल मिलाउन जरुरी रहेको बताए ।

    उनले प्रदेश सरकार भैरहवा विमानस्थल स्थायी रुपमा सञ्चालन गर्न प्रतिवद्ध रहेको बताए । उनले प्रदेश सरकारले स्वास्थ्य परीक्षण,श्रम स्वीकृत र भिषा स्वीकृतको लागि सम्बन्धित निकायहरुमा पहल गर्ने प्रतिवद्धता जनाए । उनले लुम्बिनी क्षेत्रमा उद्योग स्थापनाको लागि लगानीमैत्री वातावरण बनाउन प्रदेश सरकार तयार रहेको बताए ।

    उनले निजी क्षेत्रलाई लगानी सहजिकरणको लागि सहयोग गर्न प्रदेश सरकार आतुर रहेको उल्लेख गरे । उनले लगानीको लागि नीतिगत र कानूनी रुपमा समस्या भए समस्या समधान गर्न आफूहरु तयार रहेको बताए ।

    उनले लुम्बीनी प्रदेशमा लगानी गर्ने उद्योगी व्यवसायीहरु दिल खोलेर लगानी गर्न आग्रह गरे । उनले पछिल्लो समय उद्योगी व्यवसायीहरु उद्योग खोल्ने भन्दा पनि शेयर बजारमा लगानी गर्नेतर्फ आकर्षित भएको देखिएको भन्दै शेयर बजारमा केन्द्रित लगानीले देश विकास हुन नसक्ने दाबी गरे ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend