logo

२०८१ मंसिर १४ शुक्रबार

logo
  • शुक्रबार, १४ मंसिर २०८१
  • कुल गार्हस्थ्य उत्पादनमा पशुपालन क्षेत्रको योगदान महत्वपूर्ण : कृषिमन्त्री अधिकारी

    कुल गार्हस्थ्य उत्पादनमा पशुपालन क्षेत्रको योगदान महत्वपूर्ण : कृषिमन्त्री अधिकारी

    70
    Shares
    कुल गार्हस्थ्य उत्पादनमा पशुपालन क्षेत्रको योगदान महत्वपूर्ण : कृषिमन्त्री अधिकारी

    काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले पशुपालन क्षेत्रले नेपालको कुल गार्हस्थ्य उत्पादनमा महत्वपूर्ण योगदान पुर्याएको बताएका छन् ।

    शुक्रबार काठमाडौंमा संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन (एफएओ) ले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले पशुपालन क्षेत्रले नेपालको कुल गार्हस्थ्य उत्पादनमा सात प्रतिशत योगदान पुर्याएको बताएका छन् । उनले पशुपालन क्षेत्रले लाखौं नेपालीको जीविकोपार्जनमा महत्वपूर्ण भूमिका खेलेको भएपनि चुनौतिबाट टाढा रहन नसकेको बताए ।

    उनले पशुपालन क्षेत्रले उपयुक्त पोषण, प्रजनन, पशु स्वास्थ्य, बजारीकरण र चर्को उत्पादन लागत लगायतका विविध चुनौतिहरुको सामना गरिरहेको उल्लेख गरे । बर्ड फ्लु, रेविज जस्ता जनावरबाट मानिसमा सर्ने रोगहरु जस्ता विश्वव्यापी स्वास्थ्य चुनौतिहरुले जटिलता थप्दै गएको उनको भनाइ छ ।

    उनले एफएओले नेपालको पशु स्वास्थ्य प्रणालीलाई सुदृढ बनाउँदै एक स्वास्थ्यको अवधारणालाई प्रवद्र्धन गर्न सहयोग गरेको बताए ।

    पशुबाट मानिसमा सर्ने रोगहरुको चुनौतिको सामना गर्दै भविष्यका लागि एक दिगो र सक्षम पशु स्वास्थ्य प्रणाली आवश्यक रहेको बताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend