२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

आइएमईका सेवाग्राहीलाई मौलाकाली र लुम्बिनी केबलकारमा विशेष छुट

सोमवार , मंसिर १७, २०८१

काठमाडौँ । आइएमईले विदेशबाट पठाएको रकम प्राप्त गर्ने सेवाग्राहीलाई केबलकारको यात्रामा विशेष छुट दिने भएको छ । आइएमई मार्फत कारोवार गरेका सेवाग्राहीले मौलाकाली र लुम्बिनी केबलकारको टिकटमा २० प्रतिशत छुट पाउने छन् ।

आइएमई मार्फत रकम भुक्तानी प्राप्त गरेको रसिद वा आइएमई पे मार्फत रकम प्राप्त गरेको डिजिटल रिसिप्ट देखाएर सेवाग्राहीले मौलाकाली र लुम्बिनी केबलकारको छुट प्राप्त गर्न सक्ने छन् । रकम प्राप्त गरेको तिन महिनासम्म सो रसिद देखाएर छुट लिन सकिने छ ।

मौलाकाली केबलकारका सञ्चालक रुद्रराज पौडेलले विदेशमा बसेकाहरूले आफ्नो परिवार तथा प्रियजनहरूलाई मौलाकाली, कामाख्या देवी लगायतका देवस्थलको दर्शन तथा घुमफिरमा समेत प्रोत्साहित गरुन् भन्ने उद्देश्यले छुटको व्यवस्था मिलाइएको बताएका छन् ।

परिवार तथा प्रियजनको खुसीले मेहनत गर्न तथा बढी रकम पठाउन समेत विदेशमा रहेकाहरूलाई प्रोत्साहित गर्ने पनि पौडेलले उल्लेख गरे ।

नवलपुरको गैडाकोट स्थित मौलाकाली केबलकार र रुपन्देहीको बुटवल र पाल्पाको वसन्तपुर डाँडा जोड्ने गरी सञ्चालनमा रहेको लुम्बिनी केबलकारले मन्दिर दर्शन र अन्य घुमफिर गर्ने सहज व्यवस्था मिलाउँदै आएका छन् ।

आइएमई लिमिटेडका बारेमा∶

आफ्नो स्थापनादेखि नै रेमिटेन्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पुर्‍याउन प्रतिबद्ध यस कम्पनीले सेवा शुभारम्भको २४औँ वर्षसम्ममा नेपालका सहरी तथा ग्रामीण क्षेत्रलाई समेट्ने गरी आइएमई सेन्टर सहित ७७ जिल्लाका करिब १२ हजार सब एजेन्ट र बैङ्क तथा वित्तीय संस्थाका शाखामार्फत विदेशमा कार्यरत नेपालीहरूले दुःख गरी कमाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा छिटो, छरितो, विश्वसनीय र सुरक्षित तवरबाट वितरण गर्दै आइरहेको छ ।

साथै परम्परागत रेमिटेन्स सेवा डिजिटलाइजेसनमा प्रवेश गरिरहेको अवस्थालाई आत्मसाथ गर्दै आइएमईले आफ्नो डिजिटल कारोबारलाइ नेपाल राष्ट्र बैङ्क मार्फत नेपालको पहिलो भुक्तानी सेवा प्रदायकको रूपमा लाइसेन्स प्राप्त गरि आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित ’आइएमई पे’ मोबाइल वालेट मार्फतबाट डिजिटल रेमिटेन्स सेवा सफलताका साथ सञ्चालन गरिरहेको छ।

यस अन्तर्गत सेवाग्राहीले विश्वको जुनसुकै देशबाट आइएमई गरी पठाएको पैसा सजिलै आफ्नो मोबाइलको आइएमई पे एपमा प्राप्त गर्न सक्नेछन् । आइएमई पे ले बैङ्किङ सुविधाबाट वञ्चित नेपाली तथा न्यून बैङ्किङ सुविधा प्राप्त सम्पूर्ण सर्वसाधारण जनतालाई वित्तीय सेवाहरूको पहुँच उपलब्ध गराएर नेपालको वित्तीय समावेशीकरण तथा डिजिटल नेपालको अभियानमा योगदान पुर्‍याउने लक्ष्य लिएको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट