logo

२०८१ मंसिर १७ सोमबार

logo
  • सोमबार, १७ मंसिर २०८१
  • बागबजारको आराधना कम्प्लेक्समा सुट मेला, आकर्षक छुटदेखि विदेश भ्रमणसम्मको मौका

    बागबजारको आराधना कम्प्लेक्समा सुट मेला, आकर्षक छुटदेखि विदेश भ्रमणसम्मको मौका

    1.1K
    Shares
    बागबजारको आराधना कम्प्लेक्समा सुट मेला, आकर्षक छुटदेखि विदेश भ्रमणसम्मको मौका

    काठमाडौं । राजधानीको बागबजारस्थित आराधना कम्प्लेक्समा सुट मेला २०८१ सुरु भएको छ । नेपाल टेलरिङ व्यवसायी महासंघको आयोजनामा मंसिर १७ सुरु भएको सर्टिङ सुटिङ वस्तुको मेला २०८२ वैशाख २५ गतेसम्म चल्ने छ ।

    नेपालमा सर्टिङ सुटिङ मेला पहिलोपटक आयोजना गरिएको पनि महासंघले जनाएको छ । मेलाको उद्देश्य ग्राहकलाई उच्च गुणस्तरको सर्टिङ सुटिङ कपडाका दर्जनौं विकल्प एकै ठाउँमा उपलब्ध गराउनु तथा आम सर्वसाधारणमा व्यक्तित्व निर्माणमा सर्टिङ सुटिङको महत्व बुझाउनु रहेको छ ।

    मेलाले सुटमा आएको नयाँ डिजाइनबारे पनि ग्राहकलाई जानकारी गराउनेछ । विवाहको सिजनमा दूरदराजबाट सुट सिलाउन काठमाडौं आउनेलाई मेला सहयोगी हुने आयोजकको विश्वास छ ।

    मेलामा आराधना कम्प्लेक्समा रहेका मेरिना इम्पेक्स, अनुपम टेलर्स, श्रेष्ठ टेलरिङ, एक्सलेन्ट टेलर्स, एसटी टेलर्स, सिजनल टेलर्स, टिपटप टेलर्स, रिच स्टिचिङ, मेरो टेलर्स, हिल टप र ह्यारी कलेक्सनका स्टल रहनेछन् । यी कम्पनीहरु दशकौंदेखि गुणस्तरीय कपडाको आयात एवं सिलाइ व्यवसायमा संलग्न छन् । ‘मेलामा सहभागी व्यवसायीले मेलाका अवसरमा कपडा र सिलाइमा ग्राहकलाई आकर्षक छुट उपलब्ध गराउने हुँदा ग्राहकका लागि यो एउटा अवसर सावित हुने अपेक्षा गरेका छौं,’ मेला संयोजक अर्जुन बस्नेतले भने, ‘मेलामा अन्तर्राष्ट्रिय जगतमै ख्याति कमाएका इटालियन, इंग्ल्यान्ड, बैंकक, भारतलगायत देशमा उत्पादित उच्च गुणस्तरको फेब्रिक विकल्प एउटै छानामुनि उपलब्ध हुने जानकारी गराउन पाउँदा हामी अत्यन्त हर्षित छौं ।’

    मेलामा सहभागी व्यवसायीले मेला अवधिमा कपडा खरीद गर्ने र सिलाउने ग्राहकमध्येबाट गोलाप्रथामार्फत भाग्यशाली विजेता चयन गरी स्वदेश र विदेशका विभिन्न गन्तव्यको भ्रमण गराउने अफरसमेत राखेका छन् । यसबाट ग्राहकसँगको भावनात्मक सम्बन्ध अझ प्रगाढ हुने र आन्तरिक पर्यटन प्रवद्र्धनमा समेत थोरबहुत योगदान हुने आयोजकको विश्वास छ ।

    मेलाको अर्को उद्देश्य आर्थिक मन्दीका कारण शिथिल भएको व्यवसायलाई गति दिनुरहेको छ । यसले सर्टिङ सुटिङ व्यवसायलाई चलायमान गराई रोजगारीका अवसर सिर्जना र सरकारी राजस्वमा पनि योगदान गर्ने महासंघको भनाइ छ ।

    महासंघले अर्थतन्त्रमा देखिएको हालको शिथिलता चिर्न सरकार र निजीक्षेत्रबीच गहिरो सहकार्य आवश्यक रहेकोमा पनि जोड दिएको छ ।

    सरकारले कर्मचारीलाई दिने पोशाक भक्ता विलमार्फत फर्च्छौटको व्यवस्था गरेका टेलरिङ उद्योगले राहत पाउने व्यवसायीको भनाई छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend