२०८३, आषाढ २५ गते

बिहिवार, आषाढ २५ गते २०८३

आज २०८१ साल मंसिर १८ गते मंगलबारको राशिफल

मंगलवार , मंसिर १८, २०८१

मेष : दिन सहज छ। शिक्षामा गरेको मेहनत सफल बन्नेछ। परीक्षाको नतिजा राम्रो आउने छ। अनुत्पादक क्षेत्रमा खर्च बढ्नेछ। संकटमा परिवारको साथ मिल्नेछ।

वृष : धन प्राप्त हुने योग छ। व्यापार र व्यवसायमा सन्तुष्टि मिल्नेछ। दाम्पत्य जीवन सुखद् रहनेछ। प्रेम सम्बन्ध समुधुर बन्नेछ। व्यापारमा फाइदा हुने योग छ। स्वास्थ्यमा सुधार हुने दिन छ।

मिथुन : मन प्रशन्न हुनेछ। धन प्राप्त हुनेछ। परिवारबाट सुख मिल्नेछ। उपचारकोक्रममा भए रोगमाथि विजयी प्राप्त हुनेछ। अनावश्यक खर्च गर्ने बानीबाट टाढा रहनु राम्रो हुनेछ।

कर्कट : उत्तरको यात्रा नगर्नु राम्रो हुनेछ। गर्नैपर्ने भएमा यात्रा कष्टकर हुनेछ। पढाइमा ढिलासुस्ती हुने दिन छ। बिहान उठेर पिपलको दर्शन गरेर दिनको सुरुवात गरेमा दैनिकी सहज बन्नेछ।

सिंह : दिन सामान्य छ। अचानक मन अशान्त बन्नेछ। परिवारको कारणले मनमा चिन्ता र असन्तुष्टि बढ्ने दिन छ। कडा प्रतिस्पर्धा गर्नु भन्दा समझदारीमा अगाडि बढ्नु राम्रो हुनेछ। विवाद गर्दा घाटा हुने योग छ।

कन्या : मनमा शान्ति मिल्नेछ। व्यापारमा फाइदा हुनेछ। नयाँ लुगा लगाउने मौका मिल्नेछ। आफन्तको साथ र सहयोग मिल्नेछ। मनका खराब विचारमाथि विजय प्राप्त गर्ने दिन छ। छोटो दूरीको सहज यात्रा हुनसक्ने योग छ।

तुला : धनस्थानमा वक्र बुध भएकाले सञ्चित धन खर्च हुनसक्छ। आफन्तसँगको सम्बन्ध सुमधुर बन्नेछ। व्यक्तिगत काममा अवरोध हुनेछ। संकटको सामना गर्दै अगाडि बढ्नुपर्नेछ। स्वास्थ्यमा समस्या हुने भएकाले खानपानमा ख्याल गर्नु राम्रो हुनेछ।

वृश्चिक : दिन सहज छ। चन्द्रमाले तपाईंको राशिमा परिक्रमा गरेकाले आज गरेका काम आफू अनुकुल हुनेछन्। गुरुसँगको भेटले मनमा शान्ति मिल्नेछ। काममा सफलता हात लाग्नेछ। बिहान पिपलको दर्शन गर्नु फाइदा हुनेछ।

धनु : अनावश्यक यात्रामा खर्च बढ्नेछ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनसक्छ। बोलीको प्रभावले महत्त्वपूर्ण काम बन्नेछ। व्यक्तिगत काममा भन्दा परोपकारमा लागेमा प्रशंसा हुनेछ।

मकर : व्यापारमा लाभ हुनेछ। परिवारसँग बसेर रमाउने दिन छ। सन्तानको बाटोबाट खुशी मिल्नेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारको साथ र सहयोग प्राप्त हुने योग छ।

कुम्भ : शुभग्रहको बहुमत भएकाले आज तपाईंको सम्मान बढ्नेछ। स्वास्थ्यको क्षेत्रमा सफलता मिल्नेछ। खानपानमा ख्याल नगर्दा रोग लाग्ने जोखिम छ। व्यवहार गर्दा सचेत बन्नु राम्रो हुनेछ।

मीन : राम्रा ग्रहको बहुमत छ। गोपनीयतालाई सुरक्षित गर्नु राम्रो हुनेछ। छिटो बोल्ने बानीले तपाईंको गल्ती अरुले थाहा पाउने जोखिम हुन्छ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारको साथ मिल्नेछ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट