२०८३, जेठ २८ गते

बिहिवार, जेठ २८ गते २०८३

नेपाल र चीनबीच पारस्परिक सहयोगसम्बन्धी ८ बुँदे सहमतिपत्रमा हस्ताक्षर

मंगलवार , मंसिर १८, २०८१

बेइजिङ । नेपाल र चीनका प्रधानमन्त्रीको उपस्थितिमा व्यापार प्रवर्द्धन, प्राविधिक सहयोग आदानप्रदानलगायत विभिन्न आठ विषयमा सहयोग र सहकार्यसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको छ ।

चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चीनका प्रधानमन्त्री ली छ्याङबीच ग्रेट हल अफ पिपलमा दुईपक्षीय भेटवार्तापछि आपसी सहकार्यसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको हो ।

वार्ताअघि प्रधानमन्त्री ओलीलाई चिनियाँ जनमुक्ति सेनाले ‘गार्ड अफ अनर’ प्रस्तुत गरेको थियो । प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल चीनको औपचारिक भ्रमणमा हिजो बेइजिङ आइपुगेको हो ।

यी हुन् नेपाल-चीनबीच भएका सहमति :

टोखा छहरे सुरुङमार्ग सम्बन्धी पत्रको आदानप्रदान

नेपाल चीन व्यापार अभिवृद्धि सम्बन्धी समझदारी पत्र

नौ तले बसन्तपुर दरबार पुनर्निर्माण सम्पन्न सम्बन्धी प्रमाणपत्र आदानप्रदान

फर्मली प्रोसेस्ड बफेलो मिट निर्यात सम्बन्धी प्रोटोकल

विकास योजना सम्बन्धी समझदारी पत्र

आर्थिक तथा प्राविधिक सहयोग सम्बन्धी समझदारी पत्र

नगद सहयोग सम्बन्धी पत्र आदानप्रदान

स्वयंसेवी चिनियाँ भाषा शिक्षक सम्बन्धी समझदारी पत्र

नेपाल टेलिभिजन र चाइना मिडिया ग्रुप बीच सञ्चार प्रविधि सम्बन्धी समझदारी पत्र

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट