२०८३, जेठ २८ गते

बिहिवार, जेठ २८ गते २०८३

नेपालकी उद्यमी शिलशिला आचार्य बिबिसीको प्रभावशाली महिलाको सूचीमा

मंगलवार , मंसिर १८, २०८१

बिबिसी । बिबिसीले सन् २०२४ का लागि संसारभरिबाट १०० जना प्रेरक तथा प्रभावशाली महिलाको सूची सार्वजनिक गरेको छ। नेपालकी दिगो विकास उद्यमी शिलशिला आचार्य प्रभावशाली महिलाको सूचीमा परेकी छिन् ।

शिलशिला नेपालमा एउटा ठूलो प्लास्टिक पुनः प्रयोगसम्बन्धी सञ्जाल चलाउँछिन्।

फोहर व्यवस्थापनसम्बन्धी अभ्नी भेन्चर्स नामको उनको संस्थाले सीमान्त समुदायका सदस्यलाई रोजगारी दिनुका साथै हरित क्षेत्रमा थप महिलालाई प्रोत्साहित गर्न ध्यान केन्द्रित गरेको छ।

आचार्यले सन् २०१४ मा धन्यवाद, म आफैँ झोला बोक्छु भन्ने अभियानमा नेतृत्वदायी भूमिका निर्वाह गरेकी थिइन। जसले किनमेलमा प्लास्टिक झोलाको प्रयोगमा प्रतिबन्ध लगाउन प्रेरित गरेको थियो।

वातावरण तथा फोहोर व्यवस्थापन अभियानकर्मी हिमालय सफाइको एउटा ठूलो अभियानका पछाडि पनि थिइन्। त्यस क्रममा पर्वतारोहीहरूले छाडेका ११९ टन फोहर र्सकलन गरिएको थियो।

उनको कामको परिणाम नै हो, आदिवासी महिलाहरूले संकलन गरेको फोहरबाट शृङ्गारका सामान, म्याट र डालो बनाएर आफ्नो जीवन निर्वाहमा सहज बनाएका छन्।

उक्त सूचीमा नोबेल शान्ति पुरस्कार विजेता नादिया मुराद, बलात्कार पीडित र अभियानकर्मी जीजेल पेलिको, कलाकार श्यारोन स्टोन, ओलिम्पिक खेलाडी रेबेका एन्ड्राडे र एलिशन फिलिक्स, गायिका रे, भिजूअल आर्टिस्ट ट्रेसी एमिन, वातावरणवादी अभियानकर्मी एडेनिके ओलाडोसु र लेखिका क्रिस्टिना रिभेरा गार्जा छन्।

गाजा,लेबनन,युक्रेन र सुडानको घातक द्वन्द्व र मानवीय संकटदेखि संसारभरि भएका निर्वाचनपछि समाजमा देखिएका ध्रुवीकरणका साक्षी बन्न पुगेका महिलाहरूले सहनशील भएर समस्याका सामु अडिग रहन धेरै मेहनत गर्नुपरेको छ।

बिबिसी १०० विमिनले यो वर्ष महिलाहरूले बेहोर्नुपरेको समस्याको भारलाई उजागर गर्दै आफ्नो सहनशील क्षमताको उपयोग गरेर उनीहरूको वरपरको विश्व परिवर्तन हुँदै जाँदा त्यसैअनुरूप परिवर्तनका लागि अघि बढ्न गरेको प्रयासको कदर गर्छ।

यो सूची जलवायु संकटले निम्त्याएको संकटकालको असरबारे सोधखोज गर्न पनि प्रतिबद्ध छ, जसका निम्ति आफ्ना समुदायलाई सहयोग गर्न लागिपरेका जलवायु अभियानकर्मीहरूको उदाहरणीय कामलाई पनि उजागर गरेको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट