२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

डिशहोमले ल्यायो एनपीएलका फ्यानलाई आकर्षक अफर, नेट जडानमा ३ महिनाको बोनससहित निःशुल्क फाइभ जी राउटर

बुधवार , मंसिर १९, २०८१

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को सुरूवातसँगै डिशहोमले एनपीएलका फ्यानहरूलाई लक्षित गर्दै आफ्नो ईन्टरनेट सेवामा आकर्षक अफर सार्वजनिक गरेको छ।

कम्पनीले २०० एमपीबीएस र ३०० एमपीबीएस वार्षिक इन्टरनेट प्याकेजहरूमा थप ३ महिनाको बोनससहित निःशुल्क फाइभ जी राउटरको अफर ल्याएको छ।

डिशहोमले नेपाल प्रिमियर लिगको डिजिटल स्ट्रिमिङ अधिकार पनि प्राप्त गरेको छ। यसै अवसरमा आफ्नो नयाँ तथा पुराना ग्राहकहरूको लागि यो अफर सार्वजनिक गरिएको हो। पुराना ग्राहकहरूले आफ्नो प्याकेज रिचार्ज गर्दा र नयाँ ग्राहकहरूले इन्टरनेट जडान गर्दा यो अफरको फाइदा लिन सक्नेछन्।

डिशहोमका अनुसार नयाँ जडान गर्न चाहने वा आफ्नो प्याकेज रिचार्ज गर्न चाहने ग्राहकहरूले आफ्नै नजिकको डिशहोमको आधिकारिक डिलरसँग सम्पर्क गरी यो अफरको फाईदा उठाउन सक्नेछन्।

थप जानकारीका लागिस्डिशहोम इन्टरनेटको ग्राहक सेवा नम्बर ०१-५९७०३६५ मा सम्पर्क गर्न सकिने डिशहोमले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट