२०८३, जेठ २८ गते

बिहिवार, जेठ २८ गते २०८३

ठमेलमा ठेट नेपाली स्वाद पस्कँदै ‘द गोल्डेन थाली’ सुरु

बुधवार , मंसिर १९, २०८१

काठमाडौँ । पर्यटकीय क्षेत्र ठमेलस्थित ठमेल इको रिसोर्ट परिसरमा ‘द गोल्डेन थाली’ सुरू भएको छ । लामो समय पर्यटन र सेवा उद्योमा क्रियाशील राजन सिंखडा र मोहन लम्सालको अग्रसरता र शेफ नेपाल टिमको परिकल्पनामा ठेट नेपाली स्वाद पस्कने उद्देश्यका साथ ‘द गोल्डेन थाली’ सुरु गरिएको हो ।

नेपालको मध्य पहाडी क्षेत्रको खानालाई प्रवद्र्धन तथा प्रचारप्रचार गर्ने तथा सम्पूर्ण नेपाललाई प्रतिनिधित्व गर्ने गरी थाली तयार गरिएको ठमेल इको रिसोर्टका सञ्चालकद्वय राजन सिम्खडा तथा मोहन लम्सालले बताए । सिम्खडा नेपाली खानाको आधार नै अचार भएको बताउँछन् ।

सिलौटोमा पिनेको चट्नी, गालेको अचार, पकाएको ताजा अचारलगायत स्वाद गोल्डन थालीमा पाइने उनले बताए । थालीका लागि आवश्यक मसला सिलौटोमै पिनेर ठेट नेपाली स्वाद दिने कोसिस गरिएको छ ।

गोल्डेन थालीमा मासुका परिकारसहित विभिन्न १५ परिकार समावेश गरिएको छ । नेपालमा चल्तीमा रेस्टुरेन्टका समेत थाली सेटमा विकल्प खासै छैनन् । अर्थात् थाली अर्डर गरेपछि जे आउँछ त्यही खानुपर्छ । तर गोल्डेन थालीमा कतिपय परिकारमा विकल्प छन् । मास, मुसुरो, बोडी, सिमी र मिक्स दाल कुन खाने हो छनोट गर्न पाइन्छ ।

ढिँडोमा पनि मकै, गहुँ, कोदो र फापरको विकल्प छ । ग्राहकले भातमा मार्सी, ताइचिन, बासमती र जिरा मसिनोमध्ये रोज्न पाउने गरी मेनु तयार पारिएको छ । यस्तै गोल्डन थालीमा तरकारीका परिकारमा तिउन अर्थात् झोल तरकारी, मौसमअनुसार तरकारीको लेदोबेदो (ग्रेभी तरकारी), सुक्खा तरकारी मौसमअनुसार साग उपलब्ध गराइन्छ ।

यहाँ एकै पटकमा एक सयभन्दा बढीलाई सेवा दिन सक्ने क्षमता छ । हाल बिहान ११ बजेदेखि राति १० बजेसम्म शान्त वातावरणमा गाउँले परिकारको स्वाद लिन सकिने सिम्खडा बताउँछन् । ‘द गोल्डेन थाली’को शाकाहारी भोजनका लागि पाँच सय ५० रुपैयाँ छ भने मासुसहितको थालीका लागि अतिरिक्त शुल्क लाग्नेछ ।

‘द गोल्डेन थाली’का साथै ‘ठमेल इको रिसोर्ट’ परिसरमा २० रुपैयाँको चियादेखि महंगा मानिने अर्थोडक्स चिया समेत पाइने टिफ्रेशोको आउटलेट, नेपाली कफीका उत्पादन, विभिन्न्न पेय पदार्थ बिक्री हुने ‘नेपाली तपास बार’लगायत खानपिनका सेवा उपलब्ध छन् । यस क्षेत्रलाई नेपाली पाक–अनुभव बोटल्न सकिने स्थानका रुपमा विकास गर्दै जाने द गोल्डेन थालीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अनु ढकालले बताइन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट