काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा बेइजिङमा सम्पन्न भएको नेपाल-चीन बिजनेस समिटले दुई देशबीचको आर्थिक सहकार्यलाई नयाँ उचाइमा पुर्याउने महत्वपूर्ण आधार तयार गरेको बताएका छन् ।
उनले समिटमा नेपालमा लगानीमैत्री नीतिगत सुधार, नेपालको क्रेडिट रेटिंग र पर्यटन पूर्वाधार विकासमा लगानीका अवसरबारे गहन छलफल भएको जानकारी दिए ।

अध्यक्ष ढकालले समिटमा चिनियाँ लगानीकर्ताहरुसँग नेपालमा थप लगानी विस्तार गर्न आग्रह गरेका छन् । उनले जलविद्युत्, उत्पादनमूलक क्षेत्र, सूचना प्रविधि, केवलकार, र पर्यटनजस्ता क्षेत्रमा विदेशी लगानीका सम्भावनाबारे प्रस्तुति समेत दिएका थिए ।
उनले नेपालमा विदेशी लगानीको सम्भावनाबारे जानकारी दिँदै चीन सरकार र व्यवसायीहरूसँग नेपालमा थप लगानीका लागि आग्रह गरेका हुन् ।

नेपाललाई दक्षिण एसियाको लगानीको प्रमुख गन्तव्य बनाउन महासंघ प्रतिबद्ध रहेको उनले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस