२०८३, आषाढ २५ गते

बिहिवार, आषाढ २५ गते २०८३

समाजमा सकारात्मक चिन्तन लिएर अघि बढ्नुपर्छ : अध्यक्ष बस्नेत

बिहिवार , मंसिर २०, २०८१

काठमाडौं । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले समाजमा विग्रह र नकारात्मक चिन्तन कम हुँदै गएको बताएका छन् ।

बिहीबार स्वर्गीय अनिता आचार्यको स्मृति दिवसमका अवसरमा ‘संसार तिमीलाई’ गीतको लोकार्पण समारोहमा बोल्दै अध्यक्ष बस्नेतले यस्तो बताएका हुन् ।

उनले समाजमा सबै बिग्रियो भनेर मात्र जान नहुने भन्दै सकारात्मक चिन्तन लिएर अघि बढ्नुपर्ने बताए । उनले एकले अर्कालाई नस्विकार्ने, एकले अर्कालाई गाली गर्ने संस्कृतिलाई छोडेरे रचनात्मक बन्नुपर्नेमा जोड दिए । समाजमा शान्ती कायम गर्नसके मात्र समाजको विकास गर्न सकिने भएकाले घर-घरबाट शान्ती खोज्नुपर्ने बताए ।

अध्यक्ष बस्नेतले भने, ‘अहिले पारिवारिक कलह, समाजमा विग्रह, नकारात्मक चिन्तन कम हुँदै गएको छ । हामीले महशुस गर्नेगरी कम हुँदै गएको छ । हामीले सबै बिग्रियो भन्नेतिर मात्र जानु हुँदैन । एकले अर्कालाई नस्वीकार्ने, एकले अर्कालाई गाली मात्र दिने जुन संस्कृति छ त्यसलाई छोडेर हामी रचनात्मक बन्नुपर्छ । घरघरबाट शान्ती खोज्नुपर्दछ ।

शान्ती खोज्न परिवार टोल, समाज, समुदाय हामी सबै एक ठाउँमा उभिनुपर्दछ । नेपाली संस्कृति अहिले हराउँदै गएको छ । यसले कसलाई फाइदा भएको छ ? त्यही भएर यो गीत लेख्न उहाँ बाध्य हुनुभयो होला । यदि हामी आफ्नो संस्कृति र संस्कारमा हुर्किरहेको भए । संस्कार संकटमा नपरेको भए उहाँले यो गीत नगाउन पनि सक्नुहुन्थ्यो होला ।’

उनले प्रेस काउन्सिल नेपालले सामाजिक सञ्जालहरुको निरन्तर अनुगमन गरिरहेको उल्लेख गर्दै सामाजिक सद्भाव भड्काउने क्रियाकलाप गर्ने जो कोहीलाई कानूनी दायरामा ल्याउने समेत बताए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट