काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेसपा (नयाँ शक्ति) का अध्यक्ष डा बाबुराम भट्टराई रास्वपा सभापति रवि लामिछानेलाई भेट्न कास्की पुगेका छन् ।
रास्वपाका अनुसार उनी आज बिहान प्रहरी हिरासतमा रहेका रविलाई भेट्न कास्की जिल्ला प्रहरी कार्यालय पुगेका हुन् ।
लामिछानेमाथि कास्की प्रहरीले सहकारी ठगी र सङ्गठित अपराध मुद्दामा अनुसन्धान गरिरहेको छ ।
लामिछानेलाई बुधबार मध्यरातमा चितवनबाट कास्की ल्याइएको भन्दै प्रहरीको आलोचना भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस