२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

यी हुन् पोखरा-लुम्बिनीको खेलमा बनेका एनपिएलका नयाँ रेकर्ड

शुक्रवार , मंसिर २१, २०८१

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा पोखरा एभेन्जर्सले लुम्बिनी लायन्सलाई १० विकेटले हराएर पहिलो जित हात पार्दा केही रेकर्डहरू पनि बनेका छन् ।

पोखराका आन्द्रेस गौस एनपिएलमा शतक प्रहार गर्ने पहिलो खेलाडी बनेका छन् । उनले ५४ बलमा १२ चौका र ५ छक्कासहित १०० रन बनाए । १०० रन जोड्ने क्रममा उनले सर्वाधिक छिटो अर्धशतक पनि बनाए । उनले २० बलमा अर्धशतक पूरा गरे ।

गौस र दिनेश खरेलले सर्वाधिक रनको साझेदारी पनि बनाए । उनीहरूले अविजित १७६ रनको साझेदारी गरे ।

यसअघि जनकपुरका लाहिरु मिलन्था र हर्ष ठाकेरले विराटनगरविरुद्ध तेस्रो विकेटका लागि अविजित १ सय १६ रनको साझेदारी गरेका थिए । साथै जारी एनपिएलमा विकेटको आधारमा १० विकेटको जित सर्वाधिक अन्तरको जित पनि बनेको छ ।

यो पनि :

लुम्बिनीविरुद्ध शानदार जित निकाल्दै पोखराले खोल्यो खाता

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट