शुक्रबार, फाल्गुन २३ २०८१

शुक्रबार, फाल्गुन २३ २०८१

पोखरासँगको हारपछि कप्तान रोहित भन्छन् : ‘लक्ष्य रक्षा गर्न सक्छौं भन्ने थियो, स्पिनरले राम्रो गर्न नसक्दा हार भयो’

पोखरासँगको हारपछि कप्तान रोहित भन्छन् : ‘लक्ष्य रक्षा गर्न सक्छौं भन्ने थियो, स्पिनरले राम्रो गर्न नसक्दा हार भयो’

काठमाडौं । लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेलले पोखरा एभेन्जर्सविरुद्धको लक्ष्य रक्षा गर्नसक्छौं भन्ने लागे पनि स्पिनरले राम्रो गर्न नसक्दा हार व्यहोरेको बताए ।

लगातार दोस्रो हारपछि रोहितले बलिङमा धेरै राम्रो गर्नुपर्ने धारणा राखे । आफू टिमबीच राम्रो साझेदारी भएपनि त्यसलाई राम्रो योगफलमा लैजान नसकिएको पनि रोहितले उल्लेख गरे ।

आफूले प्रयोग गरेको बलिङ अप्सन पनि सफल नभएको उनी बताउँछन् । उनले अब थप बलर ल्याउन सम्भव नहुने र आफूसँग भएको बलरबाट पनि उत्कृष्ट नतिजा ल्याउने प्रयास गर्ने बताए । उनले भएको बलरबाट राम्रो नहुँदा भारतका तिब्र गतिका बलर जसप्रित बुमराह ल्याउनुपर्ने भन्दै मजाक पनि गरे ।

लगातार जितका लागि पर्याप्त हुने लक्ष्य बनाउँदा पनि सफल नहुनु कठिन रहेको उनको भनाइ छ । तर यो नतिजापछि दबाब महशुस नगरेको पनि उनी बताउँछन् । उनले शतक पूरा गर्ने लक्ष्य पनि बलरले उत्कृष्ट बलिङ फ्याक्दा सहज नभएकाले बताए ।

राम्रो स्ट्राइक रेटमा ब्याटिङ गर्नुको पछाडि आफूले आत्मविश्वासी महशुस गरिरहेको उनको भनाइ छ ।

ताजा अपडेट
धेरै पढिएको
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend