२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

सुदूरपश्चिमको लगातार तेस्रो जित, लुम्बिनी ४५ रनले पराजित

शनिवार , मंसिर २२, २०८१

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) मा आज बिहान भएको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ४५ रनले हराएको छ ।

टस हारेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ४ विकेट बनाउँदै १८७ रन बनाएको थियो ।

एनपीएलमा सुदुरपश्चिमले लगातार तेस्रो जित दर्ता गर्दा लुम्बिनी लायन्सले भने लगातार तेस्रो हार व्यहोरेको छ ।

लुम्बिनीले विवेकको नटआउट ७७ रनको मद्दतमा ९ विकेटको क्षतिमा १४२ रन जोड्न सक्यो । विवेकले ५४ बलमा ३ चौका र ७ छक्का प्रहार गरे ।

ओपनर अर्जुन साउद इनिङग्सको पहिलो बलमै स्कट कुगेलेइनको डलबिडब्लूको धरापमा परेका थिए । छैटौं बलमा अर्का ओपनर उन्मुक्त चन्द एलबिडब्लू नै आउट भए । कप्तान रोहित पौडेल ५ रनमा दोस्रो ओभरको पाँचौ बलमा ब्रान्डन माक्मलेनको बलमा इशान पाण्डेबाट समातिए ।

बलिङमा सुदूरपश्चिमका माक्मलेन र सइफ जबइले ३–३ विकेट लिए । स्कट कुगेलेइनले दुई विकेट लिए ।

सुदूरपश्चिमका सैफ अली जैबले सर्वाधिक ९० रन बनाए । उनले ६१ बलमा ६ चौका र ५ छक्का प्रहार गरे । विनोद भन्डारीले १७, आरिफ शेख ०, ब्रान्डन म्याकमुलेन २३ र कप्तान दीपेन्द्रसिंह ऐरीले ३९ रन बनाए ।

बलिङमा रामोन सिमण्ड्सले २, कप्तान रोहित पौडेल र विवेक यादवले एक–एक विकेट लिए ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट