मंगलबार, बैशाख ९ २०८२

मंगलबार, बैशाख ९ २०८२

भौतिक मन्त्रालयअन्तर्गतको रकम भुक्तानी हुँदैमा निर्माण क्षेत्रले गति लिन सक्दैन : अध्यक्ष सिंह

भौतिक मन्त्रालयअन्तर्गतको रकम भुक्तानी हुँदैमा निर्माण क्षेत्रले गति लिन सक्दैन : अध्यक्ष सिंह

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले निर्माण व्यवसायीहरुको बाँकी भुक्तानी मंसिरभित्रै दिन सरकारसँग आग्रह गरेका छन् ।

१७ औं राष्ट्रिय निर्माण दिवसको अवसरमा सोमवार काठमाडौंमा प्रभातफेरी कार्यक्रममा बोल्दै उनले यस्तो बताएका छन् ।

उनले बैंंकहरुले निर्माण व्यवसायीहरुलाई ब्याज तिर्न मंसिरसम्मको समय दिएको उल्लेख गर्दै मंसिरभित्रै सरकारले निर्माण व्यवसायीहरुको बाँकी भुक्तानी दिन नसके निर्माण व्यवसायीहरु पलायन हुने बताए । उनले निर्माण क्षेत्रका समस्याबारे प्रधानमन्त्री र मन्त्रीहरुलाई जानकारी गराइरहेको भन्दै छिटो भन्दा छिटो सरकारले नर्माण क्षेत्रलई चलायमान बनाउने कदमहरु अघि बढाउनुपर्ने बताए ।

उनले निर्माण क्षेत्रमा भएका समस्याहरु पहिचान गर्न आग्रह गरे । सार्वजनिक खरिद नियमावलीको संशोधनबाट म्याद थप भएका योजनाहरु सम्पन्न गर्ननै बाधक बनिरहेको उल्लेख गरे । सरकारसँग निर्माण व्यवसायीहरुले लिनुपर्ने भुक्तानीको आँकडा पेश गर्दा सरकारले सरकारले कम आँकडा पेश गरेको दाबी गरे ।

अध्यक्ष सिंहले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतका केही रकम भुक्तानी हुँदैमा निर्माण क्षेत्रले गति लिन नसक्ने उल्लेख गरे ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend