२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

खेलाडीहरुको विदेश पलायन रोक्न जरुरी छ : मन्त्री चौधरी

शनिवार , मंसिर २२, २०८१

काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेलाडीहरुको विदेश पलायन रोक्न जरुरी रहेको बताएका छन् ।

उनले नेपाल आँखा अस्पतालको साधारण सभा कार्यक्रमलाई काठमाडौंमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले अन्तर्राष्ट्रियस्तरका प्रतियोगिता खेलिसकेका खेलाडीहरुलाई सरकारले रोजगारी र स्वास्थ्यमा सुविधा दिन नसकेको बताए ।

उनले खेलाडीको स्वास्थ्य बीमा पनि राम्रोसँग गर्न सनेकेको भन्दै सरकार त्यसतर्फ लागिपरेको बताए । उनले एक हप्ताअघि मात्रै भलिबल खेलाडी सरस्वती चौधरी अस्ट्रेलिया पलायन भएको र एक महिनाअघि पुरुष राष्ट्रिय भलिबलका कप्तान मानबहादुर श्रेष्ठ अस्ट्रेलिया पलायन भएको जानकारी दिए ।

यद्यपि श्रेष्ठ भने सन्यास लिएर पलायन भएका हुन् । खेलाडीहरुलाई आँखाको उपचारमा नेपाल आँखा अस्पतालले सहयोग गरे राम्रो हुने बताए ।

उनले भने, ‘नेपालमा जसले अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिता खेलिसकेका खेलाडीहरुलाई हामी नेपाल सरकारले न रोजगारी दिन सकेका छौँ, न त स्वास्थ्यमा सुविधा दिन सकेका छौँ । उहाँहरुको राम्रोसँग बीमा पनि गर्न सकेका छैनौँ । हाम्रो धेरै खेलाडीहरु अहिले विदेश पलायन भइसकेको छ । हाले काभामा उत्कृष्ट नतिजा निकालेको सरस्वती चौधरी एक हप्ताअघि अस्टे«लिया पुगिसकेको छ ।

नेपालको क्याप्टेन भलिबलको क्याप्टेन मानबहादुर श्रेष्ठ एक महिनाअघि अस्टे«लिया पुगिसकेको छ । अहिले एनपिएल चलिरहेको छ, नेपालमा खेलकुदको उत्सवजस्तै भइरहेको छ । जुन मान्छेहरुको उत्साह, उमंग देखिरहेको छ । हाम्रा खेलाडीहरुलाई आँखा अस्पतालले उपचारको खर्च व्यवस्थापन गर्नसके सजिलो हुन्थ्यो ।’

मन्त्री चौधरीले आँखाको रोग नै लाग्न नदिन पनि प्रचारप्रसार गर्न आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट