२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

कर्णाली याक्सले दियो विराटनगर किंग्सलाई १३४ रनको लक्ष्य

शनिवार , मंसिर २२, २०८१

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा कर्णाली याक्सले विराटनगर किंग्सलाई १३४ रनको लक्ष्य दिएको छ ।

कर्णाली याक्सविरूद्ध विराटनगरले टस जितेर फिल्डिङ रोजेपछि पहिला ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा सबै विकेट गमाउँदै १३३ रन बनाएको हो ।

दुवै टोलीले तीन–तीन खेल खेल्दा एक एक खेलमा मात्र जित निकालेका छन् ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको कर्णालीले दुई अर्धशतकको मद्दतमा १३३ रन बनायो । कर्णालीका ओपनर देव खनाल र विलियम बोसिस्टा अर्धशतक प्रहार गरे । देव ४८ बलमा ५३ र बोसिस्टा ४९ बलमा ६६ रनमा आउट भए । अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

बलिङमा विराटनगरका प्रतिश जिसीले ४, क्रिस सोल र बसिर अहमदले २–२ र अकिव इल्यासले एक विकेट लिए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट