शुक्रबार, चैत्र २९ २०८१

शुक्रबार, चैत्र २९ २०८१

विराटनगरविरुद्ध कर्णालीको रोमाञ्चक जित, विराटनगर ७ रनले पराजित

विराटनगरविरुद्ध कर्णालीको रोमाञ्चक जित, विराटनगर ७ रनले पराजित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा कर्णाली याक्सले विराटनगर किंग्सलाई ७ रनले हराएको छ ।

त्रिवि क्रिकेट मैदानमा कर्णाली याक्सविरूद्ध विराटनगरले टस जितेर फिल्डिङ रोजेपछि पहिला ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा सबै विकेट गमाउँदै १३३ रन बनाएको थियो ।

कर्णालीले दिएको १३४ रनको लक्ष्य पछ्याएको विराटनगरले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १२६ रन मात्र बनायो ।

विराटनगरका लागि निकोलस किर्टोनले सर्वाधिक ४० रन जोडे । लोकेश बम १९ र दीपक बोहरा १८ रनमा आउट भए ।

त्यस्तै, बलिङमा कर्णालीका नन्दन यादवले सर्वाधिक ३ विकेट लिए । विपीन खत्रीले २, कप्तान सोमपाल कामी, युनिस ठकुरी र विलियम बोसिस्टाले एकएक विकेट लिए ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको कर्णालीले दुई अर्धशतकको मद्दतमा १३३ रन बनायो ।

कर्णालीका ओपनर देव खनाल र विलियम बोसिस्टा अर्धशतक प्रहार गरे । देव ४८ बलमा ५३ र बोसिस्टा ४९ बलमा ६६ रनमा आउट भए । अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

बलिङमा विराटनगरका प्रतिश जिसीले ४, क्रिस सोल र बसिर अहमदले २–२ र अकिव इल्यासले एक विकेट लिए ।

 

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend