२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

लमजुङमा क्यान्सर स्क्रिनिङ शिविर सम्पन्न

आइतवार , मंसिर २३, २०८१

सुन्दरबजार (लमजुङ) । जिल्ला सुन्दरबजारस्थित नमूना सामुदायिक अस्पतालमा दुई दिनसम्म सञ्चालन गरिएको क्यान्सर स्क्रिनिङ शिविर सम्पन्न भएको छ । यही मङ्सिर २१ गतेदेखि २२ गते रातिसम्म सञ्चालन भएको शिविरमा क्यान्सर र आँखासम्बन्धी छ सय ५४ जनाले सेवा लिएका छन् ।

नेपाल अर्बुद रोग निवारण संस्था जिल्ला शाखा, लाइन्स इन्टरनेशन काठमाडौंको आयोजना र मानव विकास तथा सामुदायिक सर्वेक्षण (एचडिसिएस) को संयोजनमा तथ समुदायिक अस्पतालको व्यवस्थापनमा शिविर सञ्चालित शिविरमा दुई सय ४५ को क्यान्सर स्क्रिनिङ र चार सय नौ जनाको आँखाको उपचार गरिएको आयोजकले जनाएको छ ।

नेशनल हस्पिटल एण्ड क्यान्सर रिसर्च सेन्टर जावलाखेलका संस्थापक निर्देशक, प्रसूति तथा क्यान्सर रोग विशेषज्ञ एवं लेजरथेरापिष्ट निर्देशक डा सुशीला वैद्यले महिलामा हुने पाठेघरको मुखको क्यान्सरसहित अन्य क्यान्सरसम्बन्धी समस्याका भएकाको परीक्षण गरिएको बताइन् ।

उनले सेवा लिएकामध्ये १० जना महिलाको पाठेघर खसेको पाइएको भन्दै तीमध्येमा एकजनाको पाठेघरमा ‘रिङ’ राखिएको जानकारी दिइन् । डा वैद्यका अनुसार १७ जनाको पोलिप वा पाठेघरमा मासु पलाएको फेला परेको छ ।

आँखाका बारेमा नेत्ररोग विशेषज्ञ विनयकुमार घिमिरे र नेत्र सहायक अर्जुन गुरुङले परीक्षण गरेका थिए । विशेषज्ञ घिमिरेले २३ जनाको मोतियाविन्दुको शल्यक्रिया गर्नुपर्ने देखिएको जानकारी दिए । उक्त शिविरमा बिरामीलाई आवश्यक औषधि र चश्मा निःशुल्क वितरण गरिएको आयोजकले जनाएको छ ।

शिविरमार्फ क्यान्सर र आँखासम्बन्धी सेवा पाएकामा उपस्थित स्थानीयले खुसी व्यक्त गरेका छन् । शिविरमा लमजुङ र तनहुँका बासिन्दाले सेवा लिएका थिए ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट