सोमबार, चैत्र २५ २०८१

सोमबार, चैत्र २५ २०८१

चितवनले दियो सुदूरपश्चिमलाई १६५ रनको लक्ष्य

चितवनले दियो सुदूरपश्चिमलाई १६५ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा सुदूरपश्चिम रोयल्सले जितका लागि १६५ रनको लक्ष्य पाएको छ । टियू मैदानमा आज भएको दास्रो खेलमा चितवन राइनोजले २० ओभरमा ५ विकेट गुमाउँदै १६४ रन बनाएको हो ।

चितवनका लागि ओपनर हसनले ५२ बल खेल्दै ६ चौका र ३ छक्का मदतमा ६५ रन बनाए । रवि बोपाराले १८ बल खेल्दै समान २ चौकमा र छक्कामा ३६ रन बनाए ।

त्यस्तै, विपिन रावलले १७, कप्तान कुशल मल्लले १३ र ओपनिङ गरेका सन्तोष कार्की ९ रनमा आउट भए ।

बलिङमा सुदूरपश्चिमका स्कट कुगेलेइनले ४ ओभरमा २९ रन खर्चेर २ विकेट लिए । ब्राण्डन म्याकमुलेन, कप्तान दीपेन्द्र सिंह ऐरी र सैफ अली जैबले ११ विकेट लिए ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend