२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

शेयर बजार ४५.९३ अङ्कले घट्यो, ७ अर्ब ४७ करोडको कारोबार

आइतवार , मंसिर २३, २०८१

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक ४५ दशमलव ९३ अङ्कले घटेर दुई हजार छ सय ८९ को बिन्दुमा कायम भएको हो । यो एक दशमलव ६७ प्रतिशतको गिरावट हो ।

आज तीन सय २१ कम्पनीको एक करोड ७३ लाख ९२ हजार दुई सय ४४ कित्ता शेयर ८१ हजार चार सय चार पटक खरिदबिक्री हुँदा रू सात अर्ब ४७ करोड तीन लाख पाँच हजार बराबरको कारोबार भएको छ । आजको कारोबारमा दुई सय १४ कम्पनीको शेयर मूल्य घटेको छ । सबै समूहको उपसूचक घटेको छ ।

सबैभन्दा बढी जीवन बिमा समूह तीन दशमलव शून्य सात र व्यापार समूह दुई दशमलव १३ प्रतिशतले घटेको छ । बैंकिङ एक दशमलव ८६, विकास बैंक एक दशमलव शून्य चार, वित्त एक दशमलव ८४, होटल तथा पर्यटन एक दशमलव ८४, जलविद्युत् एक दशमलव ९८ र लगानी समूह एक दशमलव ३३ प्रतिशतले घटेको छ । त्यस्तै, उत्पादन तथा प्रशोधन एक दशमलव ३४, लघुवित्त एक दशमलव ५०, म्युचुअल फण्ड शून्य दशमलव ५९, निर्जीवन बिमा शून्य दशमलव ८३ र अन्य समूह शून्य दशमलव ८१ प्रतिशतले घटेको नेप्सेले जनाएको छ ।

तीनवटा कम्पनीको शेयर मूल्यमा आज नकारात्मक सर्किट लागेको छ । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेड, लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) लिमिटेड र जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको शेयर मूल्य १० प्रतिशतले घटेको हो । खानीखोला हाईड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्य आज सबैभन्दा बढी नौ दशमलव ९८ प्रतिशतले बढेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा बढी एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको रू ३२ करोड ६४ लाख ६१ हजार पाँच सय ६९ को कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा लक्ष्मी उन्नति कोषको २० लाख पाँच हजार एक सय कित्ता शेयर किनबेच भएको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट