काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा सुदूरपश्चिम रोयल्स चितवन राइनोजसँग ३३ रनले पराजित भएको छ । आफ्नो चौथो खेलमा चितवन राइनोजले दिएको १६५ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम १८ ओभर २ बलमा १३१ रनमा समेटिएको हो । चार खेलमा सुदूरपश्चिमको यो पहिलो हार हो ।
सुदूरपश्चिमका इशान पाण्डेले ३५ रन बनाए । सैफ अली जैबले १८, विनोद भण्डारी १०, ब्रान्डन म्याकमुलेन १३, दिलप्रित बज्याले १२, आरिफ शेखले ४, कप्तान दीपेन्द्रसिंह ऐरीले १, नरेश बुढाएरले ५ रन बनाए ।
चितवनका लागि रिजन ढकाल, निकोल लोफ्टी–इटन, कप्तान कुशल मल्ल र अमरसिंह रौटेलाले २–२ विकेट लिए । त्यस्तै, शोहिल तनविर र रञ्जित कुमारले एक–एक विकेट लिए ।
यसअघि टियू मैदानमा आज भएको दास्रो खेलमा चितवन राइनोजले २० ओभरमा ५ विकेट गुमाउँदै १६४ रन बनाएको हो ।
चितवनका लागि ओपनर हसनले ५२ बल खेल्दै ६ चौका र ३ छक्का मदतमा ६५ रन बनाए । रवि बोपाराले १८ बल खेल्दै समान २ चौकमा र छक्कामा ३६ रन बनाए ।
त्यस्तै, विपिन रावलले १७, कप्तान कुशल मल्लले १३ र ओपनिङ गरेका सन्तोष कार्की ९ रनमा आउट भए ।
बलिङमा सुदूरपश्चिमका स्कट कुगेलेइनले ४ ओभरमा २९ रन खर्चेर २ विकेट लिए । ब्राण्डन म्याकमुलेन, कप्तान दीपेन्द्र सिंह ऐरी र सैफ अली जैबले ११ विकेट लिए ।
प्रतिक्रिया दिनुहोस