काठमाडौं। संखुवा खोला जलविद्युत् आयोजनाका लागि लगानी जुटेको छ। यस आयोजनाको प्रवर्धक गुराँस हाइड्रोपावर लिमिटेड हो ।
सिटिजन्स बैंकको अगुवाइमा लगानी जुटेको हो । सिटिजन्सको नेतृत्वमा विभिन्न बैंकहरूले ६ अर्ब १५ करोड रुपैयाँ लगानी गर्ने भएपछि ४१।०६ मेगावाटको उक्त जलविद्युत् आयोजनामा लगानी जुटेको हो । आज सोमबार प्रवर्धक र लगानीकर्ताबीच सम्झौता हुँदैछ।
आयोजनमा प्रवर्धक कम्पनी गुराँस हाइड्रोपावरको २ अर्ब ५ करोड लगानी रहनेछ। यस आयोजनाको ८ अर्ब २० करोड रुपैयाँ कुल लागत अनुमान गरिएको थियो । विंस २०८५ सम्ममा आयोजना निर्माण गर्ने लक्ष्य राखिएको छ ।
यो आयोजना संखुवासभा र भोजपुर जिल्लामा निर्माण गरिनेछ । यो रन-अफ-द-रिभर प्रकृतिको आयोजना हो ।
प्रस्तावित परियोजनाले बुधबारेमा संखुवा र सिसुवा नदीको डाउनस्ट्रीममा अवस्थित हेडवर्कबाट १५.२५० क्युबिक मिटर प्रतिसेकेण्डको डिजाइन फ्लो प्रयोग गर्नेछ।
आयोजनाको हेडवर्क्स र पावरहाउस साइटहरू सडकसँग जोडिएका छन्। तुम्लिङटार विमानस्थलको सडक सञ्जालमा पनि आयोजना जोडिएको छ ।
आयोजनाबाट उत्पादन हुने बिजुली खरिदका लागि नेपाल विद्युत प्राधिकरणसँग २०८० फागुनमा सम्झौता भइसकेको छ। आयोजनाका सबै पूर्वाधार संखुवा नदीको दाहिने किनार सिलिचोङ गाउँपालिका-१ मा रहने छन्।
प्रतिक्रिया दिनुहोस