२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

हिमालयन डिष्टिलरीले सेयरधनीलाई २० प्रतिशत लाभांश दिने

सोमवार , मंसिर २४, २०८१

काठमाडौं । हिमालयन डिष्टिलरीले सेयरधनीलाई २० प्रतिशत लाभांश दिने घोषणा गरेको छ।

कम्पनीको सञ्चालक समितिको आइतबार बसेको बैठकले सेयरधनीलाई २० प्रतिशत प्रतिफल वितरण गर्ने निर्णय गरेको हो।

सेयरधनीले कम्पनीको आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट चुक्ता पुँजीको १५ प्रतिशत बोनस सेयर र करसहित ५ प्रतिशत नगद लाभांश पाउनेछन्।

कम्पनीको चुक्ता पुँजी २ अर्ब ६७ करोड २५ लाख रुपैयाँ छ। पुस २८ गते कम्पनीले साधारण सभा तोकेको छ। साधारण सभाले लाभांस पारित गर्नेछ ।

साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि कम्पनीले पुस १९ गते बुक क्लोज तोकेको छ। बुक क्लोजअघि कायम सेयरधनीले प्रतिफल पाउनेछन्।

हिमालयन डिष्टिलरीले आर्थिक वर्ष २०७९/८० मा १५ प्रतिशत नगद र १० प्रतिशत बोनस सेयर वितरण गरेको थियो। यस्तै, २०७८/७९ मा १० प्रतिशत नगद र ६० प्रतिशत बोनस सेयर वितरण गरेको थियो।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट