बुधबार, चैत्र २० २०८१

बुधबार, चैत्र २० २०८१

बिआरआईअन्तर्गतका परियोजना अनुदानको रुपमा मात्र स्वीकार्ने कांग्रेसको अडान कायमै

बिआरआईअन्तर्गतका परियोजना अनुदानको रुपमा मात्र स्वीकार्ने कांग्रेसको अडान कायमै

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले पार्टी केन्द्रिय सदस्य उमेश श्रेष्ठलाई पार्टीको कोषाध्यक्षमा अनुमोदन गरेको छ ।

सोमबार बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सभापति शेरबहादुर देउवाद्वारा मनोनित पार्टी केन्द्रीय सदस्य समेत रहेका श्रेष्ठलाई कोषाध्यक्षमा बहुमतले अनुमोदन गरेको पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।

बैठकले गण्डकी प्रदेश सभा सदस्य विमला गौतमको निधनपछि रिक्त प्रदेश सभा सदस्य पदमा निर्वाचन आयोगको निर्देशनअनुसार स्याङ्जाकी सुनिता थापालाई प्रस्ताव गरेर पठाउने विषय पनि अनुमोदन गरेको उनले बताए । उनकाअनुसार पार्टीका भ्रातृ संगठनहरुको अधिवेशन अगामी चैतभित्र सम्पन्न गर्न निर्देशन दिएकोमा तरुण दल र किसान संघको परिमार्जित विधानलाई समेत पास गर्ने निर्णय भएको छ ।

उनले बैठकमा बिआरआई परियोजनाबारे पनि छलफल भएको बताए । उनले पार्टीले बिआरआई अन्तर्गतका परियोजनाहरु सञ्चालन गर्दा हुने सहमतिमा अनुदान मात्र स्वीकार्ने निर्णयमा अडिग रहेको बताए । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा भएको एड फाइनान्सिङ ऋणमात्र नभएर अनुदान समेत हुने भन्दै अनुदानमात्र स्वीकार्ने पहिलादेखिकै अडानमा पार्टी कायम रहेको बताए ।

ऋण लिएर सम्पन्न गरेका परियोजनाहरुले प्रतिफल नदिने भएका कारण ऋण लिएर परियोजना अगाडी बढाउन नहुने पार्टीको धारणा रहेको उनले बताए ।

यो पनि :

बिआरआईमा ऋण वा अनुदान लिने सर्वाधिकार नेपालसँग छ : सेमन्त दाहाल

अनुदानमा अड्किएको बीआरआई फ्रेमवर्कमा ‘सहायता’ लेखेपछि भयो सम्झौता

बिआरआई फ्रेमवर्कमा परेका ९ परियोजना कहिले अघि बढ्लान् ?

बुझ्दै नबुझी बिआरआई सम्झौताबारे टिप्पणी नगरौँ : परराष्ट्रमन्त्री राणा

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend