२०८३, जेठ २८ गते

बिहिवार, जेठ २८ गते २०८३

एफएनसिसिआईको विशेष साधारणसभा : प्रत्यक्ष निर्वाचित अध्यक्ष प्रणालीमा फर्किदै

सोमवार , मंसिर २४, २०८१

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसिसिआई) को विद्यान संशोधन गर्न मंगलबार विशेष साधारणसभा हुँदैछ । प्रत्यक्ष निर्वाचनबाट अध्यक्ष चयन गर्ने विशेष प्रस्ताव सभाले पारित गर्ने भएको छ । यसअघिको विधानमा महासंघका वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान थियो ।

गत असार २४ मा बसेको कार्यसमिति बैठकले विधान संशोधन गरी प्रत्यक्ष निर्वाचित अध्यक्षको व्यवस्था गर्ने प्रस्तावलाई विशेष सधारणसभामा पेश हुन लागेको हो । यो प्रावधान हालका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ स्वतः अध्यक्ष भएपछि अर्को एक कार्यकालपछि लागु गर्न प्रस्ताव गरिएको छ ।

कतिपयले अन्जनपछि प्रत्यक्ष निर्वाचनमा जानुपर्नेमा जोड दिएका छन् । ‘प्रत्यक्ष निर्वाचित प्रणाली दुई कार्यकालपछि हुने व्यवस्था भएमा अझै ७ वर्ष कुर्नुपर्ने हुन्छ । त्यसबेलासम्म जे पनि हुन सक्छ’ महासंघका एक पूर्व अध्यक्षले सुनौलो नेपालसँग भने ‘त्यसैले एक कार्यकालपछि नै प्रत्यक्ष निर्वाचित अध्यक्ष हुने व्यवस्था लागु गर्नुपर्छ ।’

त्यसबेला पूर्व अध्यक्ष चण्डीराज ढकाललको जोडबलमा भवानी राणालाई अध्यक्ष बनाउन विधान संसोधन गरी वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था भएको थियो । वरिष्ठ उपाध्यक्ष अध्यक्ष हुने व्यवस्थामा भवानी राणा, शेखर गोल्छा र चन्द्रप्रसाद ढकाल अध्यक्ष भइसकेका छन् । डेढ वर्षपछि वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ पनि स्वतः अध्यक्ष हुनेछन् ।

कार्यकारणी समितिले पास गरेको विधान साधारणसभाले जस्ताको त्यस्तै पारित गरेमा आगामी निर्वाचनपछि चुनिने वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने छन् ।

यसअघि पनि विधान संशोधनका लागि विभिन्न कार्यदल एवं समितिहरु गठन गरी काम गरिएको भए पनि सहमति भएको थिएन् । सहमति हुन नसक्दा वरिष्ठ उपाध्यक्षबाट नै पछि अध्यक्ष हुने गरी निर्वाचन हुँदै आएको छ । तर, ढकाल अध्यक्ष भएको डेढ वर्षमै महासंघले विधान संशोधन गरेर प्रत्यक्ष निर्वाचित अध्यक्ष प्रणालीमा जाने बाटो रोजेको छ ।

डेढ वर्षको कार्यकालमा ढकालले गरेका केही महत्वपूर्ण कामहरु मध्ये महासंघको विधान संशोधन पनि एक हो । अध्यक्ष ढकालले विशेष साधारणसभाबाट अध्यक्ष प्रणालीमा जाने गरी विधान संशोधन हुने बताएका छन् । उनले कार्यकारणी समितिले पारित गरेको विधान संशोधन प्रस्तावलाई सभाले अनुमोदन गर्ने जानकारी दिएका छन् ।

ढकालले निर्वाचनकै समयमा विधान संशोधन गर्दै अध्यक्ष प्रत्यक्ष निर्वाचित गर्ने वाचा गरेका थिए । यो प्रावधानले सक्षम व्यक्तिलाई प्रत्यक्ष रुपमा अध्यक्ष लड्न सहयोग पुग्ने ढकालको भनाई छ ।

संशोधित नयाँ विधानमा वरिष्ठ उपाध्यक्ष दुई जनाको व्यवस्था गरिएको छ । हाल एक महिला उपाध्यक्ष रहेकामा थप एक जना महिला उपाध्यक्षको पनि हुने प्रस्ताव गरिएको छ ।

अध्यक्ष ढकालले प्रत्यक्ष निर्वाचित अध्यक्ष हुँदा संस्थालाई राम्रो हुने ठानेर गएको निर्वाचनकै बेला विधान संशोधनको प्रतिवद्धताअनुसार कार्यसमितिले सर्वसम्मत पारित गरेको बताएका छन् । उनले महासंघमा समानुपातिक र समावेशी बनाउने गरी विधान संशोधन गरेर अघि बढेको बताएका छन् ।

आर्थिक मुद्धामा सरकारलाई सँगै लैजान सफल

निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघले उठाएको अधिकाँश आर्थिक मुद्दालाई सरकारले सकारात्मक रुपमा लिएर सम्बोधन गर्न थालेको छ ।

डेढ वर्षयता महासंघले अघि सारेका आधा दर्जन बढी आर्थिक मुद्धालाई सरकारले सम्बोधन गरेको अध्यक्ष ढकालले बताएका छन् । आइतबार पत्रकारसँगको भेटघाटमा उनले आफ्नो आर्थिक एजेन्डालाई स्थापित गर्न महासंघ सफल भएको बताए ।

महासंघको बलियो लबिङले अहिले उद्योगी व्यवसायीको धेरै माग पुरा गर्न सरकारलाई दबाब सिर्जना भएको उनको भनाई छ । निजी क्षेत्रमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रवेश, डेडिकेटेड ट्रंकलाई बिजुली महशुल बक्यौता र आर्थिक सुधारका लागि आयोग गठन गर्ने महासंघको प्रस्तावलाई सरकारले सम्बोधन गरेको छ ।

यसैगरी विश्व बैंक समूह अन्तर्गतको अन्तराष्ट्रिय वित्त निगम (आइएफसी) सँगको सहकार्यमा ‘स्टेट अफ प्राइभेट सेक्टर’ नामक अध्ययन प्रतिवेदन २०८० जेठमा सार्वजनिक भएको थियो । जसले पहिलोपटक अर्थतन्त्रमा निजी क्षेत्रको योगदान देखायो । आइएफसीले गरेको अध्यनले अर्थतन्त्रमा ८१ प्रतिशत र रोजगारीमा ८६ प्रतिशत योगदान देखाएको थियो ।

महासंघको पहलमा लगानी कम्पनी स्थापना गरि देशैभरिको सानो लगानीलाई विभिन्न क्षेत्रमा प्रवाह गर्ने निर्णय गरेको छ । उक्त कम्पनी महासंघले सञ्चालन गर्ने नभइ शुरुमा प्रवद्र्धन गर्ने र यसको छुट्टै सञ्चालक समिति रहने गरि सबै संघसंस्थाका सदस्य एवं गैर सदस्य पनि लगानीकर्ता रहने गरि प्रवद्र्धन गरिएको छ ।

१० अर्ब रुपैयाँसम्म पुँजी रहने उक्त कम्पनीको अर्को उद्देश्य निजी क्षेत्रलाई लगानीका लागि प्रोत्साहन गर्नुका साथै स्थानीय पुँजी परिचालन गरि ठूला आयोजना सञ्चालन गर्न सकिने सन्देश दिनु पनि हो ।

यो पनि :

उद्योग वाणिज्य महासंघको विधान संशोधन, प्रत्यक्ष निर्वाचनबाट अध्यक्ष, दुईजना वरिष्ठ उपाध्यक्ष

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट