२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

लामिछानेलाई वीरगञ्ज लगियो, विमानस्थलमा समर्थकको प्रदर्शन

सोमवार , मंसिर २४, २०८१

वीरगन्ज । राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा)का सभापति रवि लामिछानेलाई वीरगञ्ज लगिएको छ । सोमबार रविलाई पोखरा हुँदै काठमाडौँदेखि पर्सा लगेको हो ।

लामिछानेका समर्थकले सिमरा विमानस्थलमा प्रदर्शन गरेका छन् । सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि उनलाई प्रहरीले पर्सातर्फ लगेको हो । सो क्रममा सिमरा विमानस्थलमा रविका समर्थकले प्रदर्शन गरेका हुन् ।

रविलाई पुर्‍याउनुअगावै विमानस्थलमा समर्थकहरुको भीड लागेको थियो ।

वीरगन्जको सानो पाइला सहकारीको रकम अपचलनमा सभापति रविको समेत संलग्नता देखिएपछि पर्सा जिल्ला अदालतले उनलाई पक्राउ गरी आवश्यक अनुसन्धान गर्न अनुमति दिएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट