सोमबार, बैशाख ८ २०८२

सोमबार, बैशाख ८ २०८२

सिरियाका सबै दलहरूलाई समावेशी राजनीतिक प्रक्रिया शुरु गर्न इजिप्टको आह्वान

सिरियाका सबै दलहरूलाई समावेशी राजनीतिक प्रक्रिया शुरु गर्न इजिप्टको आह्वान

इजिप्ट । इजिप्टले सबै सिरियाली पक्षहरूलाई एक व्यापक र समावेशी राजनीतिक प्रक्रिया शुरु गर्न आह्वान गरेको छ । जुन सहमति र आन्तरिक शान्तिको नयाँ युगको लागि जग हुने इजिप्टको विश्वास छ ।

इजिप्टको विदेश मन्त्रालयले सबै सिरियाली पक्षहरूलाई देशको सम्पती र राज्य संस्थाहरूको संरक्षण गर्न आह्वान गरेको छ । साथै लक्ष्य र प्राथमिकताहरूलाई एकीकरण गरेर वृहत्तर हितलाई प्राथमिकता दिन आग्रह गरेको छ ।

इजिप्टले सिरियालाई आफ्ना जनताको लामो दुःखको अन्त्य गर्न, शरणार्थीहरूको फिर्ताको सहजीकरण, पुनर्निर्माण प्रयासहरू प्रारम्भ गर्न र सिरियाली जनताको हकको स्थिरता हासिल गर्न क्षेत्रीय र अन्तर्राष्ट्रिय साझेदारहरूसँग काम गर्ने प्रतिवद्धतालाई जोड दिएको छ ।

असद परिवारको पाँच दशकभन्दा लामो शासनको अन्त्य गर्दै सशस्त्र विपक्षी सेनाले आईतवार दमस्कसको पूर्ण नियन्त्रण कब्जा गरेको थियो ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend