२०८३, श्रावण ७ गते

बिहिवार, श्रावण ७ गते २०८३

दिपक भट्टकाे बयान चलिरहँदा फरार सुचीका नेपाल माइक्रो इन्स्योरेन्सका तत्कालीन सिइओ रिमाल पक्राउ

बिहिवार , श्रावण ७, २०८३

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले नेपाल माइक्रो इन्स्योरेन्स लिमिटेडका तत्कालीन प्रमुख कार्यकारी अधिकृत मृगेन्द्रनाथ रिमाल पक्राउ गरेको छ । उनलाई काठमाडौं महानगरपालिका–७ सिफलबाट बिहीबार पक्राउ गरेको हो ।

जेठ २८ गते जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गर्दा उनी फरार थिए । फरार नै कायम गरी मुद्दा दायर गरिएको थियो । उनलाई बीमा ऐन, २०७९ र धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसुरमा दिपक भट्टसँग जोडिएको मुद्दामा पक्राउ गरेको सिआइबी प्रवक्ता एसएसपी अनुपम शमशेर जबराले जानकारी दिए ।

यता, उच्च अदालत पाटनले बैंकिङ कसुरको अभियोग लगाइएका व्यावसायी दीपक भट्टसहितका प्रतिवादीको बयान लिन थालेको छ । जेठ २८ मा ४२ करोड १४ लाख रुपैयाँ बिगो दाबी गर्दै उच्च अदालतमा मुद्दा दायर भएकाे थियो ।

उच्च अदालतका न्यायाधीशद्वय अर्जुनप्रसाद कोइराला र कविप्रसाद न्यौपानेको संयुक्त इजलासमा बयान सुरु भएको हो । उक्त मुद्दामा इन्फिनिटी होल्डिङ्सका अध्यक्ष रहेका भट्ट, जगदम्बा स्टील्सका सञ्चालक शंकरलाल अग्रवाल, शुलभ अग्रवाल र शाहिल अग्रवाललाई प्रतिवादी छन् ।

अदालतले बयान सकिएपछि थुनछेकसम्बन्धी बहस सुरु गर्नेछ । थुनछेक बहसमा भट्ट र अग्रवालसहितका प्रतिवादी र सरकारी वकिलबाट इजलाससमक्ष सुनुवाइ गरिनेछ । त्यसपछि प्रतिवादीलाई मुद्दाको अन्तिम टुंगो नलागेसम्म पुर्पक्षका निम्ति थुनामा पठाउने, धरौटी तारिखमा छाड्ने वा साधारण तारिख तोक्ने विषयको टुंगो लाग्नेछ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा अपडेट