logo

२०८१ पुष ८ सोमबार

logo
  • सोमबार, ८ पुष २०८१
  • अझै विदेशी लगानीकर्तालाई नेपालमा लगानी गर्ने वातावरण बनेको छैन : महामन्त्री थापा

    अझै विदेशी लगानीकर्तालाई नेपालमा लगानी गर्ने वातावरण बनेको छैन : महामन्त्री थापा

    329
    Shares
    अझै विदेशी लगानीकर्तालाई नेपालमा लगानी गर्ने वातावरण बनेको छैन : महामन्त्री थापा

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले विदेशी कम्पनीहरुले नेपालमा लगानी गरेर कमाएको मुनाफा बाहिर लैजान नदिँदा विदेशी कम्पनीहरु नेपालमा लगानी गर्न डराइरहको बताएका छन् ।

    मंगलबार मानवअधिकार तथा शान्ति समाजले काठमाडौंमा आयोजना गरेको नागरिक संवाद कार्यक्रममा बोल्दै महामन्त्री थापाले यस्तो बताएका हुन् ।

    उनले नेपालले विदेशी लगानीकर्ताहरुले नेपालमा लगानी गरिदियोस् भन्ने चाहेर मात्र उनीहरु लगानी गर्न नआउने बताए । सरकारले विदेशी लगानीकर्ताहरुलाई नेपालमा लगानी गर्ने वातावरण अझै बनाउन नसकेको उनको तर्क थियो ।

    रोजगारी दिने काम सरकारको नभई निजी क्षेत्र भएको उल्लेख गर्दै उनले त्यसको लागि सरकारले सहज वातावरण सिर्जना गरिदनुपर्ने बताए । नेपालमा एक आर्थिक वर्षमा पाँच लाख मानिसलाई रोजगारी दिनसक्ने गरी निजी क्षेत्रलाई चलायमान बनाउनुपर्ने बताए ।

    उनले नेपालमा दुई दलीय संयन्त्रमा बनेको सरकारले रोजगारीको मुद्दालाई प्रतिष्पर्धाको विषय बनाउनुपर्ने बताए । उनले सबै राजनीतिक दलहरुले २०८४ को मात्र कुरा गर्ने भन्दै अहिलेको जिम्मा कसले लिने हो ? भन्दै प्रश्न गरे । उनले बाँकी रहेको तीन वर्षमा आफूले पाएको जिम्मेवारी सबै राजनीतिक दलहरुले पूरा गर्नुपर्ने बताए ।

    सूचना प्रविधिको क्षेत्रमा काम गरिरहेका नेपाली कम्पनीहरुलाई विदेशी मुद्रा सटही गरेर नेपाल बाहिर पनि लगानी गर्न दिनुपर्ने उनको भनाइ छ । उनले सूचना प्रविधिको क्षेत्रमा काम गरिरहेका कम्पनीहरुको लागि बाहिर लगानी गर्न राष्ट्र बैंकले बाटो खोलिदिनुपर्ने बताए ।

    विश्वभर आर्थिक आय बढ्दापनि जनसंख्या घट्दै गएको उल्लेख गर्दै महामन्त्री थापाले अबको २० वर्षपछि नेपाल पनि जापान र कोरिया जस्तै राष्ट्र बन्ने बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend