२०८३, जेठ २८ गते

बिहिवार, जेठ २८ गते २०८३

एफएनसीसीआईको विधान संशोधन, अन्जन श्रेष्ठपछि अध्यक्ष प्रत्यक्ष निर्वाचनबाट

मंगलवार , मंसिर २५, २०८१

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघको मंगलबार बसेको विशेष साधारण सभाले विधान संशोधन गरेको छ।

अब एफएनसीसीआईमा एक कार्यकालपछि अध्यक्षमा प्रत्यक्ष निर्वाचन हुने भएको छ। विशेष साधारण सभाले विधान सर्वसम्मत रुपमा संशोधन गरेसँगै अध्यक्षमा प्रत्यक्ष निर्वाचन हुने व्यवस्था भएको हो ।

नयाँ व्यवस्थाअनुसार हालका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ स्वतः अध्यक्ष भएपछिबाट अध्यक्षको प्रत्यक्ष निर्वाचन हुनेछ । साधारण सभामा अधिकांश सदस्यले श्रेष्ठपछि नै अध्यक्षमा प्रत्यक्ष निर्वाचन हुनुपर्ने धारणा राखेका थिए ।

अधिकांश सदस्यहरुको धारणापछि अध्यक्ष चन्द्रप्रसाद ढकालले विधान संशोधनको प्रस्ताव राखे। श्रेष्ठपछि अध्यक्ष प्रत्यक्ष निर्वाचबाट चुन्ने गरी ढकालले राखेको विधान संशोधनको प्रस्ताव विशेष साधारण सभाले सर्वसम्मत रुपमा पारित गरेसँगै अब अध्यक्षको प्रत्यक्ष निर्वाचन हुने छ ।

यो संसोधन पारित भएसँगै अब वरिष्ठ उपाध्यक्ष स्वतस् अध्यक्ष हुने प्रावधान हटेको छ।

२०७३ सालमा एफएनसीसीआईको विधान संशोधन गरेर अध्यक्षमा प्रत्यक्ष निर्वाचन धेरै खर्चिलो र भड्किलो बनेको भन्दै वरिष्ठ उपाध्यक्षबाट स्वतस् अध्यक्ष हुने प्रावधान राखिएको थियो।

विशेष साधारण सभाले कार्यसमितिको कार्यकाल दुई वर्ष मात्रै हुने प्रस्ताव पनि पारित गरेको छ। स्थायी समिति र कार्यसमितिले कार्यकाल तीन वर्ष बनाउने निर्णय गरेको थियो।

यो पनि :

एफएनसिसिआईको विशेष साधारणसभा : प्रत्यक्ष निर्वाचित अध्यक्ष प्रणालीमा फर्किदै

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट