२०८३, जेठ २८ गते

बिहिवार, जेठ २८ गते २०८३

बोर्डर छेउका नेपाली बजार सुक्दा राजश्व सङ्कलनमा कमी आयो : अध्यक्ष यादव

बुधवार , मंसिर २६, २०८१

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले भन्सारमा आर्थिक चलखेल बढी हुने भएकाले कर्मचारीहरू पनि भन्सारमा जान उत्साहित हुने गरेको बताएका छन् ।

बुधबार प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिमा भएको अर्थतन्त्र लगायतका विषयमा भएको छलफलमा यस्तो बताएका हुन् ।

उनले भन्सारका सरकारी कर्मचारीहरु जनतालाई सेवा भन्दा पनि आफ्नो लाभको लागि जाने गरेको बताए । उनले भन्सारमा पछिल्लो समय दैनिक उपभोग्य वस्तु एक किलो चिनी जनताले ल्याउँदा सास्ती भोग्नुपरेको बताए । उनले भन्सारमा २५ वटा ट्रक सामान आउँदा २ वटाको भन्सार लिएर बाँकी सेटिङमा छाडिदिने गरेको बताए । उनले भन्सारमा हुने चुहावटलाई सरकारले तत्काल रोक्नुपर्ने बताए ।

उनले ट्रक समान भन्सार चेक बिना पास हुने तर एक किलो चिनी ल्याउँदा प्रहरीले जनातालाई यातना दिइरहेको बताए । उनले यस्तो परम्पराले सरकारको राजश्व संकलन लक्ष्य पूरा हुन नसक्ने बताए ।

उनले बैंकहरुबाट लिएको कर्जा तिर्न जान छाडेको गुनासो बैंकर्सहरुको रहेको बताए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट