२०८३, आषाढ २५ गते

बिहिवार, आषाढ २५ गते २०८३

आज २०८१ साल मंसिर २७ गते बिहीबारको राशिफल

बिहिवार , मंसिर २७, २०८१

मेष : दिन राम्रो छ। सोचेका काम बन्नेछन्। सानो कुरामा विवाद नगर्नु राम्रो हुनेछ। शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल हुनेछ। स्वास्थ्यमा सुधार हुँदै जानेछ। परिवारले राम्रो रेखदेख गर्नेछन्।

वृष : बोल्दा नराम्रो शब्द बाहिर जानसक्छन्। साना कुरामा झगडा नगर्नु राम्रो हुनेछ। शिक्षामा सफलता मिल्नेछ। राजनीतिक संगठनबाट भने भयको जोखिम छ। व्यवहार गर्दा सचेत बन्नुपर्ने दिन छ।

मिथुन : दिन राम्रो छ। मनमा भएका खटपटी शान्त बन्नेछन्। बौद्धिक व्यक्ति र आफूभन्दा ठुला मान्छेसँगको भेटले मन शान्त बन्नेछ। महत्त्वपूर्ण भेटघाटको अवसर मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कर्कट : दिन सामान्य छ। परिवारले भन्दा साथीभाइले सहयोग गर्नेछन्। शिक्षाको क्षेत्रमा भएको लगानीमा ढिलासुस्ती हुनेछ। जग्गा सम्बन्धी कारोबारमा तपाईंलाई घाटा हुने जोखिम छ। व्यापार सुस्त हुने भएकाले धैर्यता आवश्यक देखिन्छ।

सिंह : दिन राम्रो छ। सम्पत्ति आर्जन गर्नका लागि विदेशमा गरेको लगानी सफल बन्नेछ। चिसोबाट बच्नुपर्ने दिन छ। पेट सम्बन्धी समस्या बढ्ने जोखिम छ। राज्यको तर्फबाट सेवाको अवसर प्राप्त हुनेछ।

कन्या : दिन सामान्य छ। तपाईंमाथि आक्रमण गर्ने समूह सक्रिय भएकाले निर्णय गर्नु अगाडि विवेक प्रयोग गर्नुपर्नेछ। बोलीका कारणले साथीले सहयोग गर्नेछन्। मनमा लागेको कुरा लुकाएर राख्नु भन्दा साथीसँग साट्नु राम्रो हुनेछ। परिवारमा भने खटपटी बढ्नेछ।

तुला : दिन राम्रो छ। लामो समयदेखि खोजी गरेको महत्त्वपूर्ण सामग्री फेला पर्नेछ। सामाजिक क्षेत्रमा सेवाको अवसर मिल्नेछ। आफन्तले भन्दा अपरिचित व्यक्तिले तपाईंको प्रशंसा गर्नेछन्।

वृश्चिक : अचानक सञ्चित धन खर्च हुनेछ। साथीभाइको साथ मिल्नेछ। इज्जत बढ्नेछ। सानो कुरामा ख्याल नगर्दा रोगले सताउने जोखिम छ। बिहान उठेर पिपलको दर्शन गरेर दिनको सुरुवात गरेमा दैनिकी सहज बन्नेछ।

धनु : दिन राम्रो छ। तपाईंमाथि लागेको आरोपबाट मुक्ति मिल्नेछ। साथीभाइसँगको सहकार्यमा अगाडि बढ्नु राम्रो हुनेछ। पशुपन्छी र कृषि क्षेत्रमा गरेको लगानीबाट लाभ हुनेछ। फलफूलको व्यापारमा फाइदा हुने योग छ।

मकर : दिन सामन्य छ। शनिदेव गलत ठाउँमा बसेको भए ग्रहशान्ति गर्नुपर्ने हुनसक्छ। गल्ती नगरेको ठाउँमा पनि गम्भीर आरोप लाग्ने जोखिम छ। परिवारले शंका गर्ने भएकाले व्यवहार गर्दा सचेत बन्नुपर्नेछ।

कुम्भ :मध्य साढेसाती दशा जारी छ। एकल निर्णयले घाटा हुने भएकाले संयुक्त लगानी र सहकार्यमा अगाडि बढ्नु फाइदा हुनेछ। रोगबाट मुक्त हुने दिन छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्ने योग छ।।

मीन : धनस्थानमा चन्द्रमा पुगेका छन्। धनलक्ष्मी योगलाई सदुपयोग गर्नु राम्रो हुनेछ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। मेहनतको फल प्राप्त हुनेछ। साथीभाइले असहयोग गर्ने भएकाले व्यवहार गर्दा सचेत बन्नुपर्ने समय छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट