२०८३, आषाढ २५ गते

बिहिवार, आषाढ २५ गते २०८३

पत्रकार महासंघ मुगुमा भण्डारीको नेतृत्वमा १९ सदस्यीय कार्यसमिति निर्विरोध

बिहिवार , मंसिर २७, २०८१

मुगु । नेपाल पत्रकार महासंघ मुगु शाखाको निर्वाचनमा अच्युत राज भण्डारीको नेतृत्वमा १९ सदस्यीय शाखा समिति निर्विरोध निर्वाचित भएको छ । गठित निर्वाचन समितिले तोकेको मनोनयन दर्ता समयमा पदाधिकारी तथा सदस्य पदहरुमा एकल उम्मेदवारी परेको र दाबी विरोधको समय पनि कुनै उम्मेदवार उपर दाबी विरोध नपरेपछि पूरै शाखा समिति निर्विरोध निर्वाचित भएको हो ।

निर्वाचन समितिका संयोजक विनोदकुमार मल्लका अनुसार अध्यक्षमा अचुतराज भण्डारी, उपाध्यक्षमा जीवन सेजुवाल, उपाध्यक्ष महिलामा सुकमाया शाही, सचिवमा नन्दबहादुर रोकाया, कोषाध्यक्षमा मोहनकुमार मल्ल, सहसचिवमा शिवचन्द्र कार्की, सहसचिव समावेशीमा सोबिना भाम निर्विरोध निर्वाचित भएका छ्न्। सदस्यहरूमा क्रमशः सनत कुमार हमाल, मोहनकुमार मल्ल ‘ख’, सर्जन कुमार शाही, जयराम विक, सक्कबहादुर बुढा, साङ्मु लामा, हस्तबहादुर भाम, मोहन शाही, कुवेरराज कार्की, हरिकृष्ण ऐडी र कमल विकसहित १९ सदस्यीय जिल्ला कार्य समिति गठन भएको छ।

केन्द्रीय परिषद प्रतिनिधिमा नृपेन्द्रबहादुर मल्ल र कबिराज कार्की प्रदेश परिषद प्रतिनिधिमा दानबहादुर बुढा र गोकर्ण शाही निर्विरोध निर्वाचित भएका मुख्य निर्वाचन अधिकृत तथा अधिवक्ता प्रशान्तकुमार शाहीले जानकारी गराए ।

निर्वाचित पदाधिकारी, सदस्य,केन्द्रीय परिषद् र प्रदेश परिष्द प्रतिनिधिहरुलाई निर्वाचित प्रमाण पत्र हस्तान्तरण र शपथ ग्रहण निर्वाचन समितिका संयोजक विनोदकुमार मल्लले गराएका थिए । मुगु शाखामा हालसम्म जिल्ला शाखा समिति निर्विरोध निर्वाचित हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट