सोमबार, बैशाख २२ २०८२

सोमबार, बैशाख २२ २०८२

राष्ट्र बैंकमा डेपुटी गभर्नरको जिम्मेवारी हेरफेर

राष्ट्र बैंकमा डेपुटी गभर्नरको जिम्मेवारी हेरफेर

काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नरहरुको जिम्मेवारी हेरफेर भएको छ । डेपुटी गभर्नर डा. निलम ढुंगाना तिम्सिनाले विदेशी विनिमय व्यवस्थापन विभाग, बैक तथा वित्तीय संस्था नियमन विभाग, लघुवित्त संस्था सुपरिवेक्षण विभाग, गैर बैंक वित्तीय संस्था सुपरिवेक्षण विभाग हेर्ने भएका छन् ।

यस्तै प्रदेश कार्यालयहरु, मुद्रा व्यवस्थापन विभाग, संस्थागत योजना तथा जोखिम व्यवस्थापन विभाग, सम्पत्ति तथा सेवा व्यवस्थापन विभाग र सूचना प्रविधि विभागको जिम्मेवारी ढुंगानालाई तोकिएको राष्ट्र बैंकले जनाएको छ ।

डेपुटी गभर्नर बमबहादुर मिश्रअन्तर्गत आर्थिक अनुसन्धान विभाग, मौद्रिक व्यवस्थापन विभाग, बैंक सुपरीवेक्षण विभाग, बैंक, वित्तीय संस्था सुपरीवेक्षण विभाग, वैकिङ विभाग, भुक्तानी प्रणाली विभाग, मानव संसाधन विभाग र वित्त व्यवस्थापन विभाग तोकिएको छ ।

No description available.

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend