logo

२०८१ पुष १ सोमबार

logo
  • सोमबार, १ पुष २०८१
  • साढे ३ अर्बमा बनेको ऊर्जा मन्त्री खड्काको होटल फरेष्ट इनले आइपिओ ल्याउँदै

    साढे ३ अर्बमा बनेको ऊर्जा मन्त्री खड्काको होटल फरेष्ट इनले आइपिओ ल्याउँदै

    777
    Shares
    साढे ३ अर्बमा बनेको ऊर्जा मन्त्री खड्काको होटल फरेष्ट इनले आइपिओ ल्याउँदै

    काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काको लगानीमा सञ्चालित पाँचतारे होटल फरेष्ट इन लिमिटेडले प्राथमिक सेयर (आइपिओ) निष्कासन गर्ने भएको छ ।

    होटलले आइपिओ निष्कासन प्रयोजनका लागि गरेको रेटिङमा डबल बि माइनस स्कोर पाएको छ । यो पूर्वनिर्धारितको वित्तीय दायित्वको मध्यम जोखिम मानिन्छ ।

    होटलले ९८ करोड रुपैयाँको आइपिओ निष्कासन गर्न लागेको छ । होटलले आइपिओ निष्कासन गर्नका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । होटल बनाउन ३ अर्ब ५७ करोड २० लाख रुपैयाँ खर्च भएको छ ।

    जसमध्ये २ अर्ब १२ करोड रुपैयाँ बैंकको ऋण र बाँकी १ अर्ब २ करोड रुपैयाँ संस्थापकको स्वपुँजी (इक्विटी) लगानी छ । बाँकी लगानी आइपिओबाट जुटाउने तयारी गरेको होटलले जनाएको छ ।

    १ सय ५ कोठा भएको पाँचतारे होटलमा फूड एन्ड बेभरेज, कन्फरेन्स हल, बैक्वेट हल, स्पालगायत अन्य सुविधाहरु रहेका छन् ।

    होटल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब ११ किलोमिटर दूरीको बूढानीलकण्ठको केन्द्रमा अवस्थित छ । बूढानीलकण्ठ आकर्षक धार्मिक तथा पर्यटकीय गन्तव्यमध्ये एक हो, जहाँ हरेक वर्ष ठूलो संख्यामा पर्यटक आउने गर्छन् ।

    सन १९९८ देखि पर्यटन क्षेत्रमा लागेका खड्काले ट्राभल तथा ट्रेकिङ कम्पनीसहित विभिन्न क्षेत्रमा लगानी गर्दै आएका छन । उनले ताप्लेजुङ र रसुवामा तीन वटा जलविद्युत आयोजानामा लगानी गरेका छन । चक्रपथबाट १० किलोमिटर बाहिर रहेको होलिडे इनबाट काठमाडौं उपत्यकाको दृश्यावलोकन गर्न सकिनेछ । साथै, त्यहाँ रहेको विपश्यना ध्यान केन्द्र आउनेलाई पनि खान–बस्न सहज हुनेछ ।

    बूढानीलकण्ठ मन्दिर दर्शन र गुम्बा घुम्न आउनेलाई पनि सहज हुने बताइएको छ । होटलको अध्यक्षमा विनिता थापा छिन् । उनी मछ्या हाइड्रोपावर लिमिटेडका अध्यक्ष पनि हुन् ।

    होटलको व्यवस्थापन अमेरिकाको इन्टरकन्टिनेन्टल होटल ग्रुप (आइएचजी) को मिडस्केल अन्तर्राष्ट्रिय ब्राण्ड होलिडे इनले लिएको छ । आइएचजीले विश्वभरी १२ सय ३४ होटल होलिडे इन ब्राण्डमा सञ्चालन भइरहेका छन् । यस्तै २ सय ८७ होटल पाइपलाइनमा छन् ।

    होटल फरेष्ट इन सन् २०१० मा स्थापना भएको हो । आइपिओ निष्कासन गर्न सन् २०२३ मा होटल पब्लिक लिमिटेडमा परिणत भएको हो । होटल गत असारदेखि सञ्चालनमा आएको हो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend