२०८३, आषाढ २५ गते

बिहिवार, आषाढ २५ गते २०८३

आज २०८१ साल मंसिर २८ गते शुक्रबारको राशिफल

शुक्रवार , मंसिर २८, २०८१

मेष : दिन राम्रो छ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। व्यापारमा फाइदा हुने योग छ। वैदेशिक क्षेत्रको आकर्षण बढ्नेछ। परिवारसँगको सम्बन्ध राम्रो बन्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

वृष : दिन सहज छ। थोरै श्रम गरेर राम्रो आम्दानी हुनेछ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। प्रयास गरेको भए हरेक क्षेत्रमा सफलता मिल्नेछ। चिसोबाट बच्नु राम्रो हुनेछ। परिवारको साथमा बसेर रमाइलो गर्ने दिन छ।

मिथुन : दिन सहज छ। साथीभाइको साथ मिल्नेछ। राजनीतिक सेटिङ मिलेमा सेवाको अवसर मिल्नेछ। रोग प्रतिरोधात्मक क्षमता वृद्धि हुनेछ। समय दिन नसक्दा परिवारमा भने खटपटी बढ्ने जोखिम रहेको छ।

कर्कट : अढैया शनि भए पनि शुभग्रहको बहुमत छ। आफन्तसँग बोल्दा भने सचेत बन्नुपर्नेछ। बोली र व्यवहारमा एकरुपता आवश्यक देखिन्छ। परिवारको सुझाव अनुसार अगाडि बढेमा हरेक क्षेत्रमा सफलता मिल्नेछ।

सिंह : शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। व्यापारमा हात लगाएको भए सफलता मिल्नेछ। एकल लगानीबाट फाइदा हुने योग छ। गोपनीयतालाई सुरक्षित गर्नु राम्रो हुनेछ। तपाईंको कामको चियोचर्चो गर्ने मान्छे सक्रिय भएकाले गोप्य ढंगले काम गर्नु राम्रो हुनेछ।

कन्या : दिन सामान्य छ। ठुला व्यक्तिको सेवामा दिन बित्नेछ। आफन्तले प्रयोग गर्ने भएकाले सचेत बन्नु राम्रो हुनेछ। रोगसँग लड्ने क्षमता बढ्नेछ। उपचारकोक्रममा भए लाभ हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

तुला : सञ्चित धन खर्च हुनेछ। साथीसँग बोल्दा सचेत बन्नुपर्नेछ। चिसोबाट बच्न नसके स्वास्थ्यमा समस्या हुनसक्छ। कला र गलाको प्रशंसा हुनेछ। परिवारको सल्लाह अनुसार गरेको काम सफल बन्नेछ।

वृश्चिक : दिन सामान्य छ। रोगबाट बच्न सहज हुनेछ। स्वास्थ्यले साथ दिनेछ। बोली र व्यवहारमा एकरुपता नभएमा समस्या हुनेछ। बिहान उठेर पिपलको दर्शन मात्र गरेमा मन शान्त बन्नेछ। दाम्पत्य जीवन सहज बन्ने योग छ।

धनु : दिन राम्रो छ। दैनिक काम सहजै बन्नेछन्। तपाईंको प्रशंसा हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। गुरुसँग भेट हुने योग छ। तपाईंका विरोधी साथी सक्रिय भएकाले बोलीमा ख्याल गर्नुपर्नेछ।

मकर : सञ्चित धन खर्च हुनेछ। अनुत्पादक क्षेत्रको खर्च कटौती गर्नु राम्रो हुनेछ। स्वदेशमा गरेको लगानी भन्दा विदेशको रमझमले मन तान्नेछ। विदेशमा लगानी भए राम्रो फाइदा हुनेछ।

कुम्भ : दिन राम्रो छ। आफन्तले प्रशंसा गर्नेछन्। मनमा भएका बेदना पोख्नु राम्रो हुनेछ। स्वास्थ्यमा समस्या हुने जोखिम छ। विपक्षी शान्त भएकाले काम गर्ने अवसर मिल्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

मीन : सञ्चित धन खर्च गर्ने बानीले मनमा अशान्त बन्नेछ। व्यवहार र बोलीमा एकरुपता आवश्यक देखिन्छ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। व्यापारको सुरुवात गरेमा सहकर्मी साथीले तपाईंको प्रशंसा गर्नेछन्।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट