२०८३, आषाढ २५ गते

बिहिवार, आषाढ २५ गते २०८३

राष्ट्रपति पौडेलद्वारा पाँच देशमा राजदूत नियुक्त

शुक्रवार , मंसिर २८, २०८१

काठमाडौं । पाँच देशका राजदूत नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले पाँच वटा देशका राजदूत नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

राष्ट्रपति कार्यालयका अनुसार राष्ट्रपति पौडेलले पोर्चुगल,स्पेन,दक्षिण अफ्रिका,बेल्जियम र दक्षिण कोरियाका लागि राजदूत नियुक्त गरेका हुन् ।

मन्त्रिपरिषद्को सिफारिसअनुसार राष्ट्रपति पौडेलले प्रकाशमणि पौडेललाई गणतन्त्र पोर्चुगल, सनिल नेपाललाई स्पेन, प्राडा कपिलमान श्रेष्ठलाई दक्षिण अफ्रिका, सेवा लम्साललाई बेल्जियम र डा.शिवमाया तुम्बाहाङफेलाई गणतन्त्र कोरियाका लागि नेपालको आवासीय राजदूतमा नियुक्त गरेका हुन् ।

उनीहरूलाई संविधानको धारा २८२ को उपधारा (१)बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले राजदूत नियुक्त गरेको हो ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट