बुधबार, बैशाख ३ २०८२

बुधबार, बैशाख ३ २०८२

घरजग्गा कारोबार, जग्गा हदबन्दी सम्बन्धी नीतिहरु समय सापेक्ष बनाउन आवश्यक छ : अध्यक्ष ढकाल

घरजग्गा कारोबार, जग्गा हदबन्दी सम्बन्धी नीतिहरु समय सापेक्ष बनाउन आवश्यक छ : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले बनाएका ५० वर्ष पुराना नीतिहरुले अहिले काम गर्नु परेको बताएका छन् । शुक्रबार आयोजित नेपाल जग्गा तथा आवास विकास महासंघको तेस्रो महासभामा बोल्दै उद्योगी व्यवसायीहरुले यस्तो बताएका हुन् ।

उनले सरकारले घरजग्गा कारोबार, जग्गा हदबन्दी सम्बन्धी नीतिहरुलाई सरकारले समय सापेक्ष बनाउन आवश्यक रहेको बताए । उनले सरकारले विगतमा ल्याएका नीतिहरु गलत भए परिमार्जन गर्न सक्नुपर्नेमा जोड दिए । उनले जग्गा हदबन्दी सम्बन्धी ऐन परिमार्जन गर्न सरकारले समय लगाउन नहुने उल्लेख गरे ।

उनले लगानी सम्मेलनमा ८ कानूनहरु संशोधन भएका तर निजी क्षेत्रले दिएका सबै कानूनहरु परिवर्तन नभएको बताए । उनले संशोधन भएका कानूनहरुको पनि सरकारले कार्यविधि बनाउन नसक्दा कार्यान्वयनमा समस्या रहेको बताए । उनले सरकारले घरजग्गा सम्बन्धी ऐनहरु परिमार्जन गर्नु भनेको व्यवसायिक फाइदाका लागि मात्रै रहेको संकिर्ण सोच बनाएको बताए । उनले घरजग्गा कारोबार बढ्यो भने राज्यलाई राजश्व वृद्धि हुने बताए ।

उनले भने, ‘ सरकारले बनाएका ५० वर्ष पुराना नीतिहरुले अहिले काम गर्नुपरेको छ । घरजग्गा कारोबार,जग्गा हदबन्दी सम्बन्धी नीतिहरुलाई सरकारले समय सापेक्ष बनाउन आवश्यक छ । सरकारले विगतमा ल्याएका नीतिहरु गलत भए परिमार्जन गर्न सक्नुपर्छ । जग्गा हदबन्दी सम्बन्धी ऐन परिमार्जन गर्न सरकारले समय लगाउनु हुँदैन ।

लगानी सम्मेलनमा ८ कानूनहरु संशोधन भए तर निजी क्षेत्रले दिएका सबै कानूनहरु परिवर्तन भएनन् । त्यहीअनुसार सरकारले कार्यविधि बनाएको भए अर्थतन्त्रले गति लिने थियो । घरजग्गा सम्बन्धी ऐनहरु परिमार्जन गर्नु भनेको व्यवसायीक फाइदा मात्रै छैन । घरजग्गा कारोबार बढ्यो भने राज्यलाई राजश्व वृद्धि हुन्छ । सरकारले बनाउने नीतिहरु निजी क्षेत्रको फाइदाको लागि परिमार्जन गर्नु भन्ने भन्ने पुरानो मानसिकता रहेको छ ।’

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend