logo

२०८१ मंसिर २९ शनिबार

logo
  • शनिबार, २९ मंसिर २०८१
  • उर्जा विकास मार्गचित्र पास हुने भएसँगै उर्जा व्यवसायी उत्साहित

    उर्जा विकास मार्गचित्र पास हुने भएसँगै उर्जा व्यवसायी उत्साहित

    154
    Shares
    उर्जा विकास मार्गचित्र पास हुने भएसँगै उर्जा व्यवसायी उत्साहित

    काठमाडौं । उर्जा विकास मार्गचित्र आगामी मन्त्रीपरिषद्को बैठकबाट पास हुने भएसँगै उर्जा उत्पादक व्यवसायीहरु उत्साहित भएका छन् ।

    उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले उर्जा उत्पादकहरुसँगको फ्राइडे फोरम कार्यक्रममा आगामी मन्त्रीपरिषद्को बैठकबाट पास गर्ने बताएसँगै व्यवसायीहरु उत्साहित भएका हुन् ।

    स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इप्पान) का महासचिव बलराम खतिवडाले उर्जा विकास मार्गचित्र पास हुने मन्त्री खड्काको प्रतिवद्धतासँगै उर्जा उत्पादक व्यवसायीहरु उत्साहित रहेको बताए । उनले तत्काल पिपिए खोल्नेदेखि हाइड्रोलोजी पेनाल्टीका कुराहरु पनि तत्काल सम्बोधन गर्ने मन्त्री खड्काको प्रतिवद्धताले आफूहरुलाई उत्साहित बनाएको बताए ।

    प्रत्येक महिनाको अन्तिम शुक्रबार इप्पानले फ्राइडे फोरम कार्यक्रम सञ्चालन गर्दछ । कार्यक्रममा उर्जासँग सम्बन्धित विषयहरु र प्रविधिको बारेमा छलफल हुने महासचिव खतिवडाले बताए ।

    उनले भने, ‘इप्पानले विगतका केही समयदेखि नै महिनाको अन्तिम शुक्रवार फ्राइडे फोरम कार्यक्रम राखेर समसामयिक विषयमा र उर्जासँग सम्बन्धित क्षेत्रका विषयमा छलफलको कार्यक्रम चलाउँदै आएका छौँ । आज हामीले सस्टेनेबल डेभलपमेण्ड एण्ड इन्फास्ट्रक्चर इनोभेस भन्ने विषयमा छलफल गरेका छौँ । इन्फास्ट्रक्चरमा नयाँ नयाँ प्रविधि के आइरहेको छ । कसरी आइरहेको छ भन्नेकुरामा फोकस गरेका छौँ । उर्जा विकास मार्गचित्र लगायतका जल्दाबल्दा विषयहरु छन् ।

    त्यो तुरुन्तै अब बस्ने मन्त्रीपरिषद्को बैठकबाट पास हुँदैछ भनेर मन्त्रीज्युले भन्नुभयो । सरकारले निजी क्षेत्रको साथ लिएर नै अघि बढ्नेछ भन्नेकुरा राख्नुभयो । तत्काल पिपिए खोल्नेदेखि हाइड्रोलोजी पेनाल्टीका कुराहरु पनि तत्काल सम्बोधन गर्छु भन्नुभएको छ । यसले हामीलाई उत्साहित पनि बनाएको छ । फ्राइडे फोरम निरन्तर चलिरहन्छ । प्रत्येक महिनाको अन्तिम शुक्रवार हुन्छ । यो एकदमै प्रभावकारी भएको छ । नयाँ टेक्नोलोजीको बारेमा जानकारी लिने माध्यम बनेको छ ।’

    उनले फ्राइडे फोरम कार्यक्रम प्रभावकारी बन्दै गएको र नयाँ प्रविधिको जानकारी लिने माध्यम बनेको बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend