सोमबार, बैशाख २ २०८२

सोमबार, बैशाख २ २०८२

दुई ठूला राजनीतिक दलहरु मिलेर बनेको सरकारले पनि अर्थतन्त्र सुधार गर्न सकेन : अध्यक्ष अग्रवाल

दुई ठूला राजनीतिक दलहरु मिलेर बनेको सरकारले पनि अर्थतन्त्र सुधार गर्न सकेन : अध्यक्ष अग्रवाल

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले संसदका दुई ठूला राजनीतिक दल मिलेर सरकार बनाएपनि आर्थिक सुधार हुन नसकेको बताएका छन् ।

शनिबार काठमाडौंमा नेपाल आर्थिक पत्रकार संघको १५ औं साधारण सभामा बोल्दै उनले यस्तो बताएका हुन् । उनले संसदका दुई ठूला राजनीतिक दल मिलेर सरकार बनाएपछि निजी क्षेत्रले आर्थिक सुधार हुने अपेक्षा राखेपनि आर्थिक सुधार हुन नसकेको बताए ।

उनले मौद्रिक नीति पनि कछुवाको गतिमा सुधार भइरहेको बताए । उनले चितुवाको गतिमा नीतिगत सुधार हुनुपर्नेमा जोड दिए ।

उनले भने, ‘संसदका दुई ठूला दलहरु मिलेर सरकार बनेपछि निजी क्षेत्रले धेरै आशा लिएको थियो । तर अहिलेसम्म खै आर्थिक सुधार त्यति हुन सकेको छैन । श्रावणमा केन्द्रिय बैंकले लचिलो मौद्रिक नीतिको शुरुवात गरेको थियो र आशा थियो कि त्यो मौद्रिक नीति क्रमशः सुधारोन्मुख हुन्छ भनेर तर पनि अत्यन्त ढिलो गतिले सुधारोन्मुख छ । कछुवाको तालले मात्रै चलिरहेको छ । चितुवाको गतिले नीतिगत सुधारहरु हुनुपर्यो ।’

अध्यक्ष अग्रवालले देशलाई आर्थिक दृष्टिकोणले नयाँ दिशा दिन निजी क्षेत्र तयार रहेको बताए । शिथिल अर्थतन्त्रबाट उन्मुक्ति नपाएसम्म क्रेडिट रेटिङले मात्रै नहुने बताए ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend