logo

२०८१ मंसिर २९ शनिबार

logo
  • शनिबार, २९ मंसिर २०८१
  • कांग्रेस महामन्त्री शर्माद्वारा लोबुचे हिमाल आरोहण

    कांग्रेस महामन्त्री शर्माद्वारा लोबुचे हिमाल आरोहण

    112
    Shares
    कांग्रेस महामन्त्री शर्माद्वारा लोबुचे हिमाल आरोहण

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले लोबुचे हिमाल आरोहण गरेका छन् ।

    संसद दिवसको अवसर पारेर महामन्त्री शर्माले ६ हजार १४५ मिटर उचाईको लोबुचे हिमाल आरोहण गरेका हुन् । मंसिर २८ गते शुक्रबार बिहान पौने ७ बजे महामन्त्री शर्मासँगै ५ जना युवाले पनि हिमाल सफल आरोहण गरेका छन् ।

    हिमाल आरोहणको सन्देश जलवायु परिवर्तनले नेपालको हिमाली क्षेत्रमा पारेको प्रभाव, हिमालहरुमा पुर्याएको असरबारे अध्ययन गरी संसद, सरकार र विश्वको ध्यानाकर्षण गराउनु रहेको महामन्त्री शर्माले बताए ।

    नेपालको उच्च हिमाल आरोहण गर्ने हालसम्मका पर्वतारोहीलाई सम्मान, पर्वतारोहणमा महत्वपूर्ण भुमिका खेल्ने शेर्पा समुदाय, गाइड तथा श्रमीकहरुप्रति सम्मान, हिमाली श्रमीकहरुको असुरक्षित जीवनलाई सामाजिक सुरक्षा कोषको दायरामा ल्याउनुपर्ने विषयमा सरकारको ध्यानाकर्षण गराउने उद्देश्य रहेको उनले बताए ।

    उनले जलवायु परिवर्तनले हिमाल र हिमाली क्षेत्रमा परेको असरबारे अध्ययन गर्नका लागि आफूहरु प्रत्यक्ष रुपमा हिमाल आरोहण गर्न आएको बताए ।

    उनले आफूहरु जलवायु परिवर्तनबाट नेपालमा परेको असर सिंगो संसारलाई ध्यानाकर्षण गराउनका लागि हिमाल आरोहण गर्न पुगेको बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend